अमेरिकाले चीनसँग पुनः व्यापार वार्ता गर्ने «

अमेरिकाले चीनसँग पुनः व्यापार वार्ता गर्ने

वासिङटन-व्यापारको विषयमा अमेरिकाले चीनसँग पुनः छलफल गर्ने प्रयास गरेको छ । यो समाचार लगत्तै बिहीबार मध्याह्न्न एसियायी सेयर बजार सकारात्मक भएका छन् ।
बिहीबार एसियाली बजारमा सर्वाधिक कमाउनेमा जापानको निकी–२२५ देखिएको छ । मध्याह्न्नको कारोबारमा निकीमा ०.९४ प्रतिशतको वृद्धि भएको छ । यसैगरी दक्षिण कोरियाको कोश्पीमा पनि झिनो अन्तरको वृद्धि भएको छ ।
जुलाईमा जापानको कोर मेसिनरी अर्डरमा ११ प्रतिशतको वृद्धि भएपछिको अवस्थामा जापानको सेयर बजार उकालो लागेको हो ।
यो अवस्थमा अझै धैर्य गर्न आवश्यक भएको केही अर्थशास्त्रीहरुले बताएका छन् ।
“यो अत्यन्त राम्रो हो । तर यसले अझैपनि जापानको निर्यात परिदृश्यको बारेमा रहेको हाम्रो चिन्तालाई सहज बनाएको छैन,” बैंक अफ अमेरिका मेरिल लिन्चकमा जापान अर्थतन्त्रका प्रमुख इजुमी डिभालिएरले बताइन् ।
यो सार्वजनिक गरिएको संख्याले आन्तरिकअर्डरलाई मात्र देखाएको छ । यसले विदेशी मागको बारेमा केही पनि बोलेको छैन । विदेशी माग विशेषगरी चिनियाँ ओरालो लाग्ने अवस्थामा देखिएको उनले बताइन् ।
“चीनबाट हुने आयात मागमा केही ढिला हुने देखिएका छ,” उनको भनाई थियो । यदी यो वासिङटन र बेइजिङबीचको चालू अवस्थाको भन्सार युद्ध सम्बन्धित भयो भने यो भन्नका लागि अझैपनि मुश्किल हुने उनले थपिन् ।

प्रतिक्रिया दिनुहोस्