विश्वकप विजेता लोरिसद्वारा जेल सजाय अस्वीकार «

विश्वकप विजेता लोरिसद्वारा जेल सजाय अस्वीकार

लण्डन-विश्वकप विजेता फ्रान्सेली टोलीका क्याप्टेन तथा गोलरक्षक ह्युगो लोरिसले जेल सजाय भोग्न अस्वीकार गरेका छन् ।
लण्डनको मध्य भागमा मादक पदार्थ सेवन गरेर सवारी चलाएको भेटिएपछि उालाई जेल सजाय तोकिएकोमा अस्वीकार गरेका हुन् ।
लोरिसले जेल सजाय अस्वीकार गरे पनि २० महिना सवारी सञ्चालनमा प्रतिबन्ध र ६५ हजार डलर जरिवानाका लागि भने सहमत भएका हुन् ।
“गत जुलाई १५ तारिखका दिन उनी विश्वकै सबैभन्दा गौरवपूर्ण व्यक्ति भएका थिए । उनकै नेतृत्वमा फ्रान्सले रुसको मस्कोमा विश्वकपको उपाधि प्राप्त गरेको थियो” वकिल डेभिड सोनले बताए ।
“सो उपाधि प्राप्त गरेको करिब दुई महिनामा उनी लण्डनको मध्य भागमा पक्राउ परेका छन्,” ती वकिलले थपे । “उनले आज अदालतमा क्षमा याचना गरेका छन् ।”
लोरिसलाई फ्रान्समा अत्यधिक सम्मान गरिन्छ भने, उनी अहिले विश्वकै सर्वाधिक आदरणीय व्यक्ति मानिदै आएका छन् ।
डेलि मेल पत्रिकाका अनुसार लोरिसले मादक पदार्थ सेवन गरेको प्रहरीको विवरणमा देखिएको छ । बेलायतमा ३५ माइक्रोग्राम भन्दा बढी मादक पदार्थ सेवन गरेर सवारी साधन सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था छ ।
लोरिसले एक विज्ञप्तिमार्फत परिवार, क्लब, सहकर्मी र समर्थकहरुसँग क्षमा याचना गरेका छन् ।
“मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनु सम्पूर्ण रुपमा मेरो कमजोरी हो, म स्वीकार गर्दछु” उनँले भने । तर सधैँ यस्तै गति भने नहुने उनले जारी गरेको विज्ञप्तिमा प्रष्ट पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्