Logo

विश्वकै आकर्षक वित्तीय केन्द्रमा न्यूयोर्कले लन्डनलाई उछिन्यो

न्यूयोर्क-विश्वकै सर्वाधिक आकर्षक वित्तीय केन्द्रमा न्यूयोर्कले लन्डनलाई उछिनेको हालैको एक सर्भेले देखाएको छ । ईयू छोड्ने बेलायतको निर्णयल बैंकहरुलाई युरोपको एकल बजारमा आफ्नो पहुँच कायमै राख्नका लागि रोजगारी सार्न थालेपछि यो मामिलामा न्यूयोर्कले लन्डनलाई उछिनेको हो ।
२००७–२००९ सम्म चेलको विश्वव्यापी संकटदेखिनै ब्रेक्जिटले लन्डनको वित्तीय उद्योगका चुनौती थपिदै आएको थियो । यो घटनाले विश्वकै ठूलो व्यापारिक ब्लक युरोपेली संघमा बैंक र बिमा कम्पनीहरुको पहुँचमाथि पनि चुनौती थपिदै आएको थियो ।
विश्वकै आकर्षक वित्तीय केन्द्रमा न्यूयोर्कपछि लन्डन, हङकङ र सिंगापुर रहदै आएका छन् । जेड-येन विश्वव्यापी वित्तीय केन्द्र सूचकले पूर्वाधार र गुणस्तरिय कर्मचारीमा पहुँच जस्ता तत्वका आधारमा १०० केन्द्र सार्वजनिक गरेको छ ।
६ महिना अगाडि लन्डनको अंक ८ विन्दुले ओरालो लागेको थियो । यो ठूला प्रतिस्पर्धीबीचै ठूलो गिरावट हो ।

 

प्रतिक्रिया दिनुहोस्