भियतनामी राजदूतलाई लगानीका लागि पहल गरिदिन आग्रह «

भियतनामी राजदूतलाई लगानीका लागि पहल गरिदिन आग्रह

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा लगानीको वातावरण बनेको भन्दै लगानीका लागि पहल गरी दिन आग्रह गरको छन् । आफ्नो कार्यकाल समाप्त भई स्वदेश फिर्ता हुन लागेका नेपालका लागि भियतनामका राजदूत टोन्ह सिन्ह थान्हको सम्मानमा नेपाल चेम्बर अफ कमर्स तथा नेपाल भियतनाम चेम्बर अफ कमर्सको संयुक्त रूपमा आज चेम्बर भबन कान्तिपथमा आयोजना गरेको बिदाइ कार्यक्रममा अध्यक्ष श्रेष्ठले निर्वाचन सफलतापूर्वक सम्पन्न भई स्थिर सरकार बनेसँगै नेपालमा लगानीको सुरक्षित वातावरण बनेको बताए ।
नेपालको पर्यटन, कृषि, उद्योगलगायतका क्षेत्रमा लगानीका लागि उपयुक्त हुनसक्ने उनले बताए । भियतनाम, बुद्धमार्गीहरूको मुलुक भएको उल्लेख गर्दै नेपाल र भियतनाम बिच बुद्धिष्ट सञ्जालको माध्यमबाट नेपालमा भियतनामी पर्यटन प्रवद्र्धनका लागि पहल गरी दिन आग्रह गरे । साथै भियतनामबाट सोझै हवाई सम्पर्कका लागि पनि अनुरोध गरे ।
सुदूरपूर्वी एसियाको उदीयमान अर्थतन्त्रका रूपमा भियतनामले आर्थिक विकास तीव्र रूपमा गरिरहेको उल्लेख गर्दै भियतनामले नेपालको कृषिलाई आधुनिकीकरणमा उल्लेखनीय योगदान दिन सक्ने बताए ।
भियतनामका राजदूत टोन्ह सिन्ह थान्हले नेपालसँंग सहकार्य गरी दुवै देशको आर्थिक सम्वन्ध विकासका लागि भियतनाम तयार रहेको बताए । उनले दुई देशबीच लगानी तथा पर्यटन प्रवद्र्धनको माध्यमबाट द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्न आफूले पहल गर्ने पनि दोहो¥याए । आफ्नो चार वर्षे कार्यकाल अविस्मरणीय भएको बताउँदै नेपाल भियतनामबीचको सम्बन्धलाई बिस्तार गर्न नेपाल चेम्बर अफको कमर्सको भूमिकालाई प्रसंशा गरे ।
कार्यक्रममा नेपाल चेम्वरका उपाध्यक्षहरू कमलेशकुमार अग्रवाल, महेन्द्रमान श्रेष्ठ, दीपक मल्होत्रा र नरेश श्रेष्ठ सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्