तीज कार्यक्रममा प्रहरी हस्तक्षेप «

तीज कार्यक्रममा प्रहरी हस्तक्षेप

रामेछाप- मन्थली नगरपालिका–१ स्थित देवकोटा चोकमा महिलाहरुले सञ्चालन गरेको नाचगान कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । १ नं. वडा कार्यालयले संयोजन गरी सञ्चालनमा ल्याएको तीज विशेष कार्यक्रममा सहभागी महिला प्रहरी हस्तक्षे पछि आक्रोशित बनेका थिए ।
विगतका वर्षजस्तै यस पटक पनि वडाध्यक्ष नारायणदास श्रेष्ठको पहलमा कार्यक्रम आयोजना गरिएको थियो । सुरुमा स्थानीय प्रशासनले महिलाहरुको नाचगान कार्यक्रमले यातायात व्यवस्थापनमा कठिनाइ पर्ने र सडक अवरुद्ध हुन सक्ने भन्दै कार्यक्रम सञ्चालन नगर्न भनेको थियो । पछि वडाध्यक्ष श्रेष्ठलगाएतका स्थानीय अगुवाहरुले सडकको एक छेउमा कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाएका थिए । प्रहरीले भने तत्काल सडक खाली गर्न निर्देशन दिँदै कार्यक्रमका सहभागी महिलाहरुलाई बाहिर निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्