५ महिनामै बन्यो दुईतले पक्की भवन «

५ महिनामै बन्यो दुईतले पक्की भवन

भोजपुर-भोजपुर बहुमुखी क्याम्पसको दुईतले आठकोठे भवन ५ महिना मै निर्माण सम्पन्न भएको छ । करिब २ करोड लागतमा बनेको उक्त भवन एक कार्यक्रमका बीच आइतबार क्याम्पस प्रशासनलाई हस्तान्तरण गरिएको छ ।
भवन गोर्खा वेलफर ट्रस्ट नेपालको आर्थिक र प्राविधिक सहयोगमा बनेको हो । २०७४ साल कात्तिक २० गतेबाट सुरु भएको भवन निर्माणको काम चैब ४ गते सकिएको थियो । गोर्खा वेलफेर ट्रष्टले पहिलो पटक क्याम्पसको भवन बनाइ दिएको हो । यसअघि विद्यालयको मात्र भवन बनाउँदै आएकोमा पहलो पटक क्याम्पसको भवन निर्माण गरिएको गोर्खा वेलफेयर ट्रष्टका डेपुटी फिल्ड डाइरेक्टर मेजर हेमचन्द्र राईले बताए । एक करोड ९२ लाख ३७ हजार १६३ रुपैयाँ खर्च भएको ट्रस्टले जनाएको छ । भोजपुर क्याम्पसले १० प्रतिशतवापतको १७ लाख रुपैयाँ जम्मा गरेको थियो । गोर्खा वेलफेयर ट्रष्टले नयाँ भवन निर्माण गरी दिएसँगै क्याम्पसको पठन पाठनमा सहजता भएको क्याम्पस प्रमुख डाक्टर रोहितकुमार श्रेष्ठले बताए । श्रेष्ठले तीव्र गतिमा निर्माण सम्पन्न गरी बुझाएकोमा ट्रष्टलाई क्याम्पस प्रशासनको तर्फबाट धन्यवाद दिए । उनले भने, “भूकम्पका कारण भवन जीर्ण भएर पाठनपाठनमा समस्या भइरहेको बेला तीव्र गतिमा काम सम्पन्न गरी हस्तान्तरण गरेकोमा क्याम्पस प्रशासनलाई धेरै सहज भएको छ ।” गोर्खा वेलफेर ट्रष्टको प्राविधिक सहयोग र क्याम्पस प्रशासनको समन्वयका कारण भवन निर्माण समयमा नै सम्पन्न भएको क्याम्पसले जनाएको छ ।
अर्जुन बस्नेत 

प्रतिक्रिया दिनुहोस्