अटो शोमा ‘बेनेली लियोन्सिनो–५००’ «

अटो शोमा ‘बेनेली लियोन्सिनो–५००’

इटालियन दुईपांग्रे सवारी निर्माता कम्पनी बेनेलीको नेपालका लागि आधिकारिक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङले लियोन्सिनो–५०० अटो शोमा ल्याउने भएको छ । लियोन्सिनो इस्क्राम्बल शैलीको छिटो, छरितो र सानदार मोटरसाइकल रहेको कम्पनीले जनाएको छ । यसमा १७ इञ्चको मिश्र धातुले बनेको पांग्र्रा रहेको छ ।
लियोन्सिनोमा ५०० सीसीमा लिक्विडकुल, फोरस्ट्रोक इन्जिन रहेको छ । यसले ८५ सय आरपीएममा ४८ पीएचपी पावरका साथै ४५ सय आरपीएममा ४६ एनएम टर्क उत्पादन गर्छ । ६ स्पीडको गियरबक्स, एबीएससहित आधुनिक उपकरणको प्रयोग, हेडल्याम्पमा प्रोजेक्टर र एलएडी प्रविधिले यसलाई सर्वोत्कृष्ट उत्पादन बनाएको छ । लियोन्सिनो रातो, सिल्भर र कालो रंगमा उपलब्ध रहेको कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्