‘मुक्तिनाथ विकास बैंकको शाखा काठमाडौंको जोरपाटीमा’ «

‘मुक्तिनाथ विकास बैंकको शाखा काठमाडौंको जोरपाटीमा’

आधुनिक बैंकिङ, ग्रामिण बैंकिङ र लघुवित्त सेवा एकै साथ सञ्चालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशैभरि आफ्ना शाखा सञ्जालहरू विस्तार गर्ने क्रममा काठमाडौँ गोकर्णेश्वर(जोरपाटी) नपा–५, मा सोमबार आफ्नो शाखा कार्यालय विस्तार गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले उक्त शाखा कार्यालयको उद्घाटन गरे । शाखा कार्यालय उद्घाटन गर्दै प्रमुख अतिथि श्रेष्ठले प्रविधि प्रयोग गरी घरमै बसी कारोबार गर्न सक्ने बनाउन शुभकामना पनि दिए । साथै सहज रूपमा खाता खोली वित्तीय साक्षरता लगायतका सेवा पनि प्रदान गर्न आवश्यक रहेको बताए ।
उक्त कार्यक्रममा यस विकास बैंकका ब्रान्ड एम्बेसडर कुन्जना घिमिरे (सुन्तली), वागमती अभियन्ता उत्तम पुडासैनी, वडा अध्यक्ष नारायणबहादुर सुवेदी, उपमेयर शान्ति नेपाललगायतले बैंकको सफलताको शुभकामना मन्तव्य दिएको थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराए । यस विकास बैंकले लिएको समावेशी वित्तीय पहुँच विस्तारलाई अझै विस्तार गरी लघुउद्यम तथा लघु व्यवसाय विस्तारमा जोड दिने बताए ।

 

प्रतिक्रिया दिनुहोस्