माछापुछ्रे बैंकले आर्टिफिसियल इन्टेलिजेन्स सेवा ‘माया’ को सुरु «

माछापुछ्रे बैंकले आर्टिफिसियल इन्टेलिजेन्स सेवा ‘माया’ को सुरु

माछापुछ्रे बैंकले आर्टिफिसियल इन्टेलिजेन्स सेवा‘माया’को सुरुवात गरेको छ । हाल ‘माया’ को सेवा बैंकको वेबसाइट तथा फेसबुक म्यासेन्जरमा उपलब्ध रहेको र ‘माया’ मार्फत माछापुछ्रे बैंकका सेवा सुविधाहरू लगायत बैंकिङसम्बन्धी जिज्ञासाहरूको जवाफ पाउन सकिनेछ । यो सेवा आर्टिफिसियल इन्टेलिजेन्समा आधारित भएकाले ग्राहकहरूसँगको अन्तरक्रियाबाट ‘माया’ले स्वयं पनि आफ्नो बौद्धिकता अभिवृद्धि गर्दै लैजानेछ ।
फेसबुक म्यासेन्जरमा सम्पर्क गरी ग्राहकहरूले चौबिसै घण्टा सातै दिन आफ्नो खाताको ब्यालेन्स, खाताको विवरण, नजिकका शाखा, एटीएम, बैंकले प्रदान गरिरहेको बचत खाता, कर्जा, ब्याजदर, वित्तीय साक्षरतासम्बन्धी जानकारी ‘माया’ मार्फत पाउन सकिने बैंकले जानकारी गराएको छ ।
यस सेवामार्फत ‘माया’ले हजारौं ग्राहकको लाखौं प्रश्नलाई तुरुन्त विभिन्न स्रोतमार्पmत सूचनाहरूलाई संकलन गरी ग्राहकको जिज्ञासाहरू मेटाउन सक्ने क्षमता रहेको बैंकले बताएको छ । साथै, उक्त सेवा नेपालमै पहिलो पटक बैंकिङ क्षेत्रमा प्रयोगमा ल्याएको बैंकले जनाएको छ । ग्राहक माझ ‘माया’ले सरल, सहज, भरपर्दो तथा तुरुन्त जानकारी दिनसक्ने माध्यमको रूपमा बेग्लै परिचय बनाउने विश्वास बैंकले लिएको छ । ‘माया’ सँगअन्तरक्रियागर्न फेसबुक मेसेन्जरमा माछापुछ्रे बैंक सर्च अथवा मेसेन्जर कोड वा क्यूआर कोड स्क्यान गर्नुपर्ने छ ।
बंैकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरू, २ वटा एक्स्टेन्सन काउन्टरहरूलगायत २७ शाखारहित बैंकिङ सेवासमेत गरी जम्मा ११५ स्थानबाट ग्राहक महानुभावहरूमा सम्पूर्ण बंैकिङ सुविधाप्रदान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्