दलित सांसद नै रुष्ट «

दलित सांसद नै रुष्ट

धनगढी-गौरीगंगा नगरपालिकाले असार १२ गते घरधुरी तथ्यांक संकलन कार्य गर्दै गर्दा सहकर्मीबाटै सामूहिक बलात्कार भई हत्या गरिएकी माया विकको परिवारलाई सहयोग स्वरुप हस्तान्तरण गरेको रकमको प्रदेश ७ का दलित सांसदले विरोध गरेका छन् । प्रदेश सभाका नेकपा तथा कांगे्रस दलित सांसदले गौरीगंगा नगरपालिकाले आफूहरूमाथि पूर्वाग्रही गरेको भन्दै रुष्ट भएका हुन् ।
दलित सासंदहरूले प्रदेश सभामा महत्वपूर्ण भूमिका निर्वाह गरे पनि गौरीगंगा नगरपालिकाले माया विकका परिवारलाई रकम हस्तान्तरण गर्दा प्रदेशका दलित सांसदलाई नबोलाई हस्तान्तरण गरेको भन्दै विरोध गरेको ७ नं. प्रदेशका सांसद तथा कांगे्रसका सचेतक टेकबहादुर रैकाले बताए । उनले माया विकका परिवारलाई राज्यले दिने क्षतिपूर्ति अनिवार्य दिनुपर्ने बताए । माया विकलाई केन्द्रीय सरकारले समेत सौतेनी व्यवहार गरेको छ । कसैलाई काखा र कसैले पाखा गरेको उनले गुनासो पोखे । प्रदेश सरकारले माया विकका परिवारलाई ५ लाख रुपैयाँ दिने घोषणा गरेको छ । यो सह्रानीय कार्य हो । तर गौरीगंगा नगरपालिकाले विभेद गरेको उनको भनाइ छ । माया विक गौरीगंगा नगरपालिकामा घरधुरी तथ्यांक संकलन कार्यमा संलग्न कार्यरत कर्मचारी थिइन् ।

 

 

प्रतिक्रिया दिनुहोस्