आईएमई लाइफको प्रमुख कार्यकारी अधिकृतमा भट्ट «

आईएमई लाइफको प्रमुख कार्यकारी अधिकृतमा भट्ट

आईएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा श्रीचन्द्र भट्ट नियुक्त भएका छन् । भट्टले आफ्नो बैंकिङ करियर नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडबाट १९९८ मा सुरुवात गरी २०११ सम्म आइपुग्दा सहायक महाप्रबन्धक पदमा रहिकाम गरेको कार्य अनुभव छ । तत्पश्चात् भट्टले मेघा बैंक लिमिटेडमा करिब ६ महिना नायव प्रमुख कार्यकारी अधिकृत पदमा रही काम गरेका थिए ।
पछिल्लो समयमा भट्ट विभिन्न बैंक तथा वित्तीय संस्थालगायत इन्स्योरेन्स कम्पनीहरूमा आबद्ध रही आएका थिए । भट्टसँग रेमिट टु नेपालको प्रमुखकार्यकारी अधिकृत पदमा रही काम गरेको अनुभवसमेत छ ।

प्रतिक्रिया दिनुहोस्