होटल व्यवसायी संघको साधारणसभा सम्पन्न «

होटल व्यवसायी संघको साधारणसभा सम्पन्न

होटल व्यवसायी संघ बाराको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ । बाराको अमलेखगञ्जमा शनिबार सम्पन्न होटल व्यवसायी संघ बाराको दोस्रो साधारणसभा तथा प्रथम अधिवेशनले नया कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।
अधिवेशनले पुनः मोहन शर्मा लामिछानेको अध्यक्षतामा १९ सदस्य नया कार्यसमिति चयन गरेको छ । जसको प्रथम उपाध्यक्षमा अर्जुन लम्साल, दोस्रो उपाध्यक्षमा प्रल्हाद उप्रेती, महासचिवमा शम्भु खड्गी, सचिवमा गोविन्द गहतराज, कोषाध्यक्षमा कल्याणी गौतम, सह–कोषाध्यक्षमा प्रभातकुमार सिग्देल चयन भए ।
यसैगरी संघको सदस्यहरूमा हेमलाल गौतम, मुन्ना साह कल्वार, सरेश रुम्बा, उमेश दाहाल, मन्नी काजी मगर, जनमदिप लामा, शोहन शर्मा, नारायण गोले, राजकुमार थापा, विनोद जैसवाल र कृष्णकुमार अधिकारी रहनुभएको छ । अधिवेशनले १ जना भने मनोनयन गर्ने व्यवस्था गरेको छ । संघको विधानअनुसार निवर्तमान अध्यक्ष नभएको खण्डमा अध्यक्षले १ जना उपाध्यक्ष मनोनयन गर्न सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्