हङकङमा विश्वकै बढी सुपर रिच «

हङकङमा विश्वकै बढी सुपर रिच

हङकङमा अल्ट्रा रिचको संख्यामा भएको वृद्धिलाई बृहत् चिनियाँ अर्थतन्त्रसँगको बढ्दो वित्तीय सम्बन्ध र बढ्दो धितोपत्र बजारले सघाएको छ ।
हङकङ – गत वर्ष विश्वकै धनी मानिसको संख्याको आधारमा हङकङले न्युयोर्कलाई उछिनेको अनुसन्धानमूलक फर्म वेल्थ एक्सले हालै प्रकाशित अध्ययनले देखाएको छ । यो एसियाली वित्तीय केन्द्रमा अल्ट्रा–नेट–वर्थ (यूएनएचडब्लूआई) व्यक्तिहरूको संख्या गत वर्ष झन्डै एकतिहाइले वृद्धि भएर १० हजार पुगेको अध्ययनले जनाएको छ । वेल्थ एक्सले २०११ मा पहिलो पटक यो मामिलामा सहरहरूको वर्गीकरण सुरु गरेदेखि पहिलो स्थानमा न्युयोर्क रहँदै आएको थियो । फर्मले ३ करोड डलरभन्दा बढी सम्पत्ति भएकाहरूलाई यूएनएचडब्लूआईको सूचीमा समावेश गर्दै आएको छ । हङकङमा अल्ट्रा रिचको संख्यामा भएको वृद्धिलाई बृहत् चिनियाँ अर्थतन्त्रसँगको बढ्दो वित्तीय सम्बन्ध र बढ्दो धितोपत्र बजारले सघाएको छ ।
यो क्षेत्रमा अल्ट्रा–रिचको संख्यामा भएको वृद्धिलाई पछिल्ला दशकहरूमा चीनको तीव्र आर्थिक वृद्धिलाई प्रमुख मानिएको छ ।
हङकङका शीर्ष अर्बपतिहरूमा दूरसञ्चार नेटवर्क र ऊर्जा कम्पनीहरूको विश्वव्यापी विस्तार भएको चिअङ कोङ सम्हाल्दै आएका लि का–सिङ पनि रहेका छन् ।
सुपर रिच व्यक्तिको संख्याको मामिलामा शीर्ष १० को सूचीमा मुख्यभूमि चीनबाट कुनै सहर पनि परेका छैनन् ।
चिनियाँ सम्पत्ति कुनै एक क्षेत्रमा केन्द्रित नभई देशैभरि वितरण भएकाले पनि यसो हुन गएको बताइएको छ । चीनका धनी मानिसमा प्रविधि टाइकुन ज्याक मा र पोनी मा पनि रहेका छन् । ज्याक माले इन्टरनेट कम्पनी अलिबाबाट र पोनीले टेनसेन्टको स्थापना गरेका थिए ।
समग्रमा अमेरिका विश्वकै धनी व्यक्तिहरूको बसोबास रहेको मुलुकका रूपमा दरिएको छ । यसमा यूएनएचडब्लूआई मनिसहरूको संख्या विश्वकै लगभग एकतिहाइ रहेको छ । तर, एसिया विशेष गरी चीनले अमेरिकालाई पछ्याइरहेको छ । गत वर्ष एसियामा यो वृत्तका मानिसको संख्यमा २० प्रतिशतको वृद्धि भएको थियो । एसियाको समृद्धिमा उपभोक्ता खर्चमा भएको वृद्धि, पूर्वाधार र उपभोक्ता खर्चमा भएको थप लगानी लगायतका अन्य तŒवहरूले सहयोग गरेको वेल्थ एक्सले जनाएको छ ।
“यो मामिलामा आगामी पाँच वर्षको अवधिमा एसिया प्रशान्त क्षेत्रले अन्य क्षेत्रसँगको अन्तर कम गर्ने प्रक्षेपण गरिएका छ,” प्रतिवेदनले जनाएको छ ।
परामर्शदातृ फर्म क्यापगेमिनीले गरेको अर्को अध्ययनअनुसार विगत चार वर्षको अवधिमा यो क्षेत्रले १० लाख डलरभन्दा बढी लगानीयोग्य सम्पत्ति भएका मानिसको संख्या पनि विश्वको अन्य कुनै पनि क्षेत्रको तुलनामा बढी भएको जनाएको छ । एक अनुमानका अनुसार चीनमा मात्रै पनि अमेरिकाको भन्दा बढी अर्बपति भएको देखाएको छ ।
तर यो वर्ष भने चीनका लागि अवस्था अलि जटिल देखिएको छ । अमेरिकासँगको व्यापार युद्ध र वित्तीय क्षेत्रमा देखिएको ठूलो अुनपातको ऋणले यो मामिलामा चीनको प्रगति मत्थर हुन सक्ने देखिएको छ । यो वर्ष चिनियाँ धितोपत्र बजार बियरिसतर्फ गएको छ । यसैबीच डलरसँगको विनिमयमा चिनियाँ मुद्राको पनि अवमूल्यन भएको छ ।
गत वर्ष विश्वव्यापी रूपमा गरेर अल्ट्रा–रिच व्यक्तिहरूको संख्यामा १३ प्रतिशतले वृद्धि भई २ लाख ५० हजार पुगेको थियो । उनीहरूको संयुक्त कुल सम्पत्ति ३१.५ ट्रिलियन डलर पुगेको थियो । यसमा विश्वव्यापी अर्थतन्त्रमा भएको वृद्धि र धितोपत्र बजारको भूमिका राम्रो भएकाले सकारात्मक प्रभाव परेको छ । शीर्ष १० को सूचीमा टोकियो, लस एन्जलस, पेरिस र लन्डन पनि परेका छन् ।
एजेन्सी

प्रतिक्रिया दिनुहोस्