यसरी राखिन्छ नयाँ कारको नाम «

यसरी राखिन्छ नयाँ कारको नाम

तपाईंले ट्रम्पची शब्द सुन्नुभएको छ ? यो शब्दसँग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कुनै सम्बन्ध छैन । यो चिनियाँ चर्चित कार हो, जुन सन् २०१० मा सार्वजनिक भएको थियो । त्यतिबेला ट्रम्प यति चर्चामा थिएनन् अथवा राजनीतिमा आएर अमेरिकाको राष्ट्रपति बन्छन् भन्ने पनि थिएन । तर, अहिले ट्रम्पची कार उत्पादक कम्पनी जीएसी ग्रुपले अमेरिकामा उक्त कार सार्वजनिक गर्ने योजना बनाएको छ । तर, कम्पनीका लागि केही समस्या परेको छ, त्यो हो नाम ।
गत वर्ष टाटा मोटर्सले कारको नाममा एउटा समस्या बेहोरियो । टाटाले आफ्नो नयाँ ह्याचब्याक कारको नाम ‘जिका’ राखी सार्वजनिक गर्ने तयारी गरिसकेको थियो । तर, त्यही समयमा ‘जिका’ नाम गरेको भाइरसले ब्राजिलको रियो दि जेनेरियोमा सुरु भएको रियो ओलम्पिकमा तनाव सृजना गरेको थियो । यसले टाटालाई आफ्नो नयाँ कारको नाम नै परिवर्तन गर्नुपर्ने अवस्थामा पुर्यायो । र, टाटाले नयाँ ह्याचब्याक कारको नाम टियागो राख्यो ।
भारतमा सवारी उत्पादन सुरु भएको शताब्दी नाघिसकेको छ । शताब्दी पुरानो अटोमोबाइल उद्योग नामाकरणको विषयमा आउने व्यवधानप्रति निक्कै परिपक्व भइसकेका छन् । भारतको आन्तरिक बनावटमा बाह्य थ्रेटको भने सामना गरिरहेको छ । टेस्ला, जो विद्युतीय सवारीको नेतृत्वदायी भूमिकामा रहेको छ, यसले ‘सफा’ अवधिको सुरुवात भएको उल्लेख गरेको छ । अब विद्युतीय सवारीको केन्द्र एसियातर्फ केन्द्रित हुँदैछ, जसको नेतृत्व चीनले गर्दैछ । यस बदलावका बीच ब्रान्डहरूको नामाकरण इतिहास, भूगोल, विरासत र भाषाका आधारमा बदलाव आउने अपेक्षा गरिएको छ । यो २१ औं शताब्दीको बदलिँदो अवस्थामा आधारित रहेको छ ।
भारतीय सवारी उद्योगमा सवारीको नामाकरणको यात्रा फोर्ड मोटर्सको मोडल ‘ए’, ‘बी’बाट र त्योभन्दा बढी ऐतिहासिक ‘टी’ (पहिलो एफोर्डेबल कार जुन १९०८ मा सार्वजनिक भएको) बाट सुरु भएको पाइन्छ । यो २०औं शताब्दीको सुरुवाततिरको कुरा हो । वर्षहरू बित्तै जाँदा सवारी मोडलको नामाकरण निक्कै अप्ठेरो कामका रूपमा देखिएको छ । भारतीय सवारी उत्पादकहरूले नामाकरणमा प्रयोग गरेका शब्दहरू जस्तै– मारुतीको स्वीफ्ट, होन्डाको ज्याजलगायतले भावना व्यक्त गर्दछन् । सवारीको नामका लागि नितान्त नयाँ शब्द ल्याएर टोयोटाले क्याम्री नाम राख्यो । यो सुन्नका लागि राम्रो भए पनि यसको चर्चित अर्थ रहेको पाइँदैन । सवारीको नामाकरणका लागि कतिपय कम्पनीहरूले पुराना नाम जुन प्रचलनमा छैन, लाई पनि पुनर्जागृत गर्न थालेका छन् ।
सवारी नामाकरणमा हाल मुख्यतः दुईवटा ट्रेन्ड प्रचलनमा छन् । एउटा, निन्तर अपडेटको युग, जसमा अल्फान्यूमेरिक नाम हुन्थ्यो । लक्जरी कार निर्माताहरूका लागि यो अहिले पनि उपयोगी हुँदै आएको छ । यसले चर्चित हुनका लागि सहयोग पुर्याउने विश्वास गरिन्छ । भारतमा महिन्द्रा एन्ड महिन्द्राले केयुभी१००, टीयुभी३०० र एक्सयुभी५०० सार्वजनिक गर्यो अल्फान्यूमेरिक ब्रान्ड नेममा । यसको केही हदसम्म प्रिमियम–नेस रहेको महिन्द्रा एन्ड महिन्द्राको सेल्स तथा मार्केटिङ डिभिजन प्रमुख विजयराम नाक्राको भनाइ छ ।
कुल कार बिक्री तथा विद्युतीय कारमा पनि चिनियाँ प्रभाव अत्यधिक रहेको देखिन्छ । यसको प्रभाव सवारीको नामाकरणमा पनि स्वभाविक रूपमा परेको छ । सवारी ब्रान्डको नामाकरण विभिन्न अर्थ लाग्ने भए पनि त्यो चिनियाँ भाषासँग मिल्ने खालको राख्नुपर्ने दबाब सवारी उत्पादकहरूमा पर्ने गरेको छ । त्यो अन्य देशको बिक्रीका लागि नभए पनि चिनियाँ बजारमा लगिने सवारीका बारेमा पुनर्विचार गर्नैपर्ने भएको छ ।

नेमिङ सेरेमोनीका आठ स्टेप

विचारको विकास र नाम
सुरुमा डिजाइनको सुरुवात गर्दा सामान्य माटोको भाँडा डिजाइन गरेजस्तै हो । बनाउने मोडलको अवस्था के हुन्छ, हेरिन्छ । उत्पादकले सम्भावित नामको सूचीको फेहरिस्तको विस्तृत अध्ययन गरिन्छ ।
कन्सेप्ट नाम
विकासको चरणमै हरेक मोडलको कन्सेप्ट नाम राखिएको हुन्छ । केही त्यस्ता कन्सेप्ट नाम हुन्छन्, जो अन्तिम नामकै रूपमा स्थापित हुन पनि सक्छन् । जस्तै– टाटाको हेक्जा कन्सेप्ट नेम हो, जुन सार्वजनिक गर्दा पनि त्यही नाम रह्यो ।
फ्याड्स एन्ड रिचुअल्स
धेरैजसो उत्पादकहरू संस्कारिक नाममा पनि आकर्षक हुने गरेका छन् । जस्तै– फक्सवागनले हावाको नामबाट पसाट र स्क्रिको नामाकरण गर्ने गरेका छन् ।
मार्केटिङ भ्यू
डिजाइनरका साथै सवारीको नामाकरणमा मार्केटिङ, विज्ञापन तथा कम्युनिकेसनका मानिसहरुले पनि सुझाव दिने गरेका छन् ।
फोनेटिक टेष्ट
कन्सेप्ट नाम तथा सम्भावित नामहरूको सूची फोनिक्स टेस्ट (आवाज परीक्षण) का लागि पठाइन्छ । सजिलै उच्चारण गर्न सकिने, एकपदीय नाम छनोटमा प्राथमिकता दिने गरेका छन् कम्पनीहरुले ।
भाषिक बाधा
सवारीको सम्भावित नाम विभिन्न भाषामा त्यसको शाब्दिक अर्थ हेरिन्छ । सवारी उत्पादकहरूले आफूले राख्न नामको अर्थ करिब १ सय भाषामा खोज्ने गरेका छन् । सकेसम्म त्यो शब्दले नकारात्मक अर्थ नदिओस् भनेर हेर्ने गरेको पाइन्छ ।
कपिराइट
कपिराइटको अधिकार प्राप्तिका लागि लामो प्रकृया हुन्छ । समान सुनिने नामले पनि नामाकरणका बेला तनाव पैदा गराउन सक्छ । यसमा पनि उत्पादकहरूले विशेष ध्यान दिने गरेका छन् ।
फाइनल नोड
माथिका सबै अवस्था पार गरिसकेपछि सवारी मोडलको नाम फाइनल गरिन्छ । सवारी मोडलको नाम फाइनल उच्च तहको निर्णयबाट हुन्छ, जुन कमिटीमा सीइओसहित उपल्लो तहका कर्मचारीहरू समेत हुन्छन् ।
शताब्दी पुरानो यात्रा
सवारी उद्योगमा पावर र प्यासन निक्कै शक्तिशाली हुन्छन् । त्यो सँगसँगै सवारी मोडलको नामको पनि निक्कै महत्व हुन्छ । यसमा भने कला र विज्ञानको पक्ष बढी शक्तिशाली हुन्छ । सवारीको नामाकरणमा आउने शब्दहरू काल्पनिक र वेबकुफी, आइरोनिक र विचित्र, ऐतिहासिक र फन्नी पनि हुने गरेका छन् ।
स्पोर्टस् कार निर्माता कम्पनी पोस्र्चले आफ्ना कारको नामाकरणका लागि तीन अंक नै लिनुपर्यो । जस्तै– पोस्र्चले आफ्नो कार मोडलको नाम पोस्र्च ९११ राख्यो । किनकी फ्रेन्च कार निर्माता पिउजोले जिरोसहितका सबै अंकको ट्रेर्डमार्क दर्ता गरिसकेको थियो । पोस्र्चले ९०१ देखिमात्र अंक प्राप्त गर्ने सक्ने अवस्था थियो ।
सवारीको नामाकरणमा महाद्विपीय विभाजन देखिन थालेको छ । युरोपियन कार निर्माताले अल्फान्युमेरिक (अक्षरांकी) नाममा जान अभिप्रेरित भएको-गरेको देखिन्छ । यसको सुरुवात वा भनौं नेतृत्व जर्मन कार निर्माता मर्सिडिज बेञ्जले गर्यो । मर्सिडिज बेञ्जले सन् १९२० मा सार्वजनिक गरेको कारको नाम अल्फान्युमेरिकमा आधारित थियो, जुन पहिलो हो ।
उक्त कारको नाम ७७०के रहेको थियो, सो कारको इन्जिन ७.७ लिटरको थियो । हाल अधिकांश विलासी कार निर्माता बीएमडब्लू तथा अडीसहितले अल्फान्युमेरिक नामाकरण प्रणालीलाई आत्मसात गर्न थालेका छन् । अडीले ए, क्यू, एस तथा आरलाई ३, ४, ५, ६, ७, ८ लाई कारको बढ्दो आकारसँगै अंक बढ्दो हुने गरेको छ । अडीले ‘क्यू’ एसयुभी सिरिजका लागि र ‘आर’ स्पोर्टसकार रेञ्जका लागि दिने गरेको छ ।
सन् १९३० देखि ४० को दशकसम्ममा सवारी उत्पादकहरूमा पनि दोस्रो विश्वयुद्धको प्रभाव रहेको देखिन्छ । उक्त समयमा सवारीको नाम कमान्डर, प्रेसिडेन्ट तथा डिटेक्टरसमेत राखिएको थियो । अमेरिकी सवारी उत्पादकहरूले भने नामाकरणमा आफूलाई भिन्न रूपमा प्रस्तुत गरिरहेका थिए । तर १९८० को दशकमा पुग्दा सवारीको नाम राखिने शब्दको कपिराइट लिन थालिसकिएको थियो । सवारी उत्पादक टोयोटा, मित्सुबिसीलगायत कम्पनीले नाममै नवीनता प्रतिपादन गर्न थाले । जस्तै– टोयोटाले आफ्नो कारको नाम क्याम्री राख्यो भने मित्सुबिसीले स्टेरियोन । त्यसपछि सवारी उत्पादक कम्पनीहरूले एउटा अक्षरमात्र राखेर सांकेतिक नामलाई प्रचलनमा ल्याउन थाले । अहिले सवारी उत्पादकहरूले ‘इ’ र ‘आइ’ उल्लेख गर्ने गरेका छन्, जसले क्रमशः विद्युतीय र हाइब्रिड कारलाई जनाउँछ ।
महिन्द्रामा अर्थ
चीनमा नामाकरणको अनुवादमा विलिन हुन समय लाग्दैन । त्यसैले चीनमा सवारीको नामाकरण गर्दा निक्कै सावधानी हुनु जरुरी देखिन्छ । महिन्द्रासँग सवारीको नामाकरणका लागि ४० हजारभन्दा बढी सिम्बोल्सहरू छन् । शब्दको उच्चारणले पनि त्यसको अर्थमा प्रभाव पार्ने गरेको छ । त्यसैले चीनमा सवारीको नामको शाब्दिक अनुवाद चलाखीपूर्ण हुन्छ । फोनेटिक नाम विकल्प हुनसक्छ । त्यस्ता शब्दले प्राथमिकता पाउँछन्, जसको अर्थ सकारात्मक होस् र सम्झिन सजिलो होस् । मर्सिडिज बेन्जलाई चीनमा ‘बी–न्ची’ भनिन्छ, जसको अर्थ तिव्र गति हुन्छ ।
कारको बिक्री आकारको हिसाबले चीन सबैभन्दा ठूलो बजार हो । चीनमा सन् २०१६ मा २ करोड ८० लाख कार बिक्री भएको थियो । यसले पनि सवारी उत्पादक कम्पनीहरूले चीनमा बिक्री गर्ने कारको नामाकरणलाई प्राथमिकता दिने गरेका छन् । चीनमा बहुराष्ट्रिय कम्पनीहरूले स्थानीय कम्पनीहरूसँग साझेदारी गरेर सवारी उत्पादन गर्ने गरेका छन् ।
भारतीय कार
भारतीय सडकमा कुद्ने कार स्थानीय नामभन्दा ग्लोबल नामका नै धेरै रहेका छन् । आइसकेका कारको नामले मूल्य सिर्जना गरिसकेका हुन्छन् । यस्तो अवस्थामा सहजै परिवर्तन गर्न नसकिने सेल्सियस १०० इनोभेसन कन्सल्टिङका फाउन्डर शुभवराता घोषको भनाइ छ । टोयोटाका सबै कारमा ग्लोबल नाम राखिएका हुन्छन् । तर, महिन्द्राले भने नामाकरणमा फरक शैली अपनाएको छ । महिन्द्राले बोलेरोको नाम राख्दासम्म भावना, कपिराइट र ट्रेडमार्कमा आधारित रहेर गर्दै आएको थियो । पछिल्लो समय सवारी मोडलको नामाकरण ब्रान्डको विशेषतासँग समेत जोडिन थालेको छ । महिन्द्रा एन्ड महिन्द्राले सुरु गरेको परियोजनाको नाम थियो, स्कर्पियो । तर। सवारी सार्वजनिक गर्ने समयसम्म पुग्दा सवारी मोडलको नाम नै स्कर्पियो रहन पुग्यो । महिन्द्राले सवारीको नामाकरण गर्दा ‘ओ’ अल्फावेटलाई निक्कै मन पराएको देखिन्छ । त्यसैले उसका सवारीको नाम चिटो, बोलेरो, स्कर्पियोलगायत रहेको छ । पछिल्लो समय महिन्द्राले अल्फान्युमेरिक नाममा समेत ध्यान देखिएको छ, जसको पुष्टि टीयुभी१००, केयुभी१०० ले गर्दछ ।
टाटाले भने कारको नामाकरणमा केही भिन्न तरिका अपनाएको देखिन्छ । टाटा मोटर्सले सन् १९९० देखि प्यासेन्जर कार उत्पादन सुरु गरेको हो । टाटा मोटर्सका अध्यक्ष रतन टाटाले आफ्नो कम्पनीले उत्पादन गर्ने कारको नाममा उपसर्गको रूपमा ‘इन्डी’ आओस भन्ने चाहेका थिए र त्यही अनुसार कारको नाम इन्डिका, इन्डिगो राखियो । तर, जब भारतीय सवारी उत्पादक कम्पनी भारतभन्दा बाहिरको विश्वमा प्रवेश गर्यो, त्यतिबेला उक्त स्थानीय नामाकरणले सहजता नहुने देखियो, विश्वव्यापी कार बिक्रीमा । त्यसपछि टाटाले सवारीको नामाकरणमा विश्वव्यापीकरण खोज्यो । विश्वव्यापी प्रतिष्ठाका लागि परम्परागत नामबाट माथि उठ्नुपर्ने देखेर कम्पनीले ग्लोबल नाममा गएको टाटा मोटर्सका मार्केटिङ प्रमुख विवेक बी श्रीवास्तवले बताएका छन् । प्यासेन्जर कार बजारमा २०२० सम्ममा भारत विश्वकै तेस्रो ठूलो बजार हुने अनुमान गरिएको छ । यो उपलब्धी हासिलका लागि विश्वव्यापी फ्लेवरले सहयोग पुर्याउन भूमिका खेल्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्