निजामती कर्मचारीले पनि असहयोग गरे : मुख्यमन्त्री गुरुङ «

निजामती कर्मचारीले पनि असहयोग गरे : मुख्यमन्त्री गुरुङ

पोखरा-गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संघीय सरकारले सहयोग नगरेको अवस्थामा निजामती कर्मचारीले समेत सहयोग नगरेको गुनासो गरेका छन् । रेस्टुरेन्ट एन्ड बार एसोसियसन (रेवान) पोखराको २४औं वार्षिक साधारणसभा तथा १३औं अधिवेशनको शुक्रबार पोखरामा उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले संघीय सरकारले आफूहरूलाई असहयोग गरेको अवस्थामा निजामती कर्मचारीले पनि आफ्नो स्वार्थमा लागेर प्रदेश सरकारलाई सहयोग नगरेको बताएका हुन् ।
उनले भने, “प्रदेश सरकार सबै भन्दा कान्छो र नयाँ सरकार हो, प्रदेश सरकारमा गएपछि आफ्नो भविश्य अन्योल हुन्छ भन्ने मानसिकताले केही कर्मचारी संघबाट प्रदेशमा आउन आनाकानी गर्ने, आए पनि आफ्नो हितमा लाग्ने राष्ट्र सेवामा खुलेर काम गरेका छैनन् ।” राष्ट्रिय विक्त आयोग गठनमा ढिला हुँदा आफ्ना विकासे योजना प्रभावित हुने गरेको मुख्यमन्त्री गुरुङको भनाइ छ । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आए पनि अझै एकात्मक ढाँचाको संरचनाले गर्दा आफूहरूले चाहेर पनि विकासलाई दु्रत गतिमा अगाडि बढाउन नसकेको उनले बताए । प्रदेश सरकार हाल ६ महिनाको मात्र भएकाले प्रदेश सरकारसँग जनतनाले अपेक्षा गर्ने समय नभएको मुख्यमन्त्री गुरुङले जनाए । गण्डकी प्रदेश हरेक हिसाबले एक नम्बरको बनाउने अभियानमा आफूहरू लाग्ने बताउँदै उनले प्रदेश सरकारले निजी क्षेत्रसँगको सहकार्यमा अघि बढ्ने जनाए ।
आफूहरू सरकारमा आउँदा एक रुपैयाँ पनि नभएको, त्यस्तै कर्मचारी पनि नभएको अवस्थाबाट गुज्रिँदै आएको गुनासो गर्दै संघ सरकारले सहयोग नगरेका कारण आफूहरूले नचाहेर पनि केपी ओली सकारको विरोध गरे जस्तो देखिएको मुख्यमन्त्री गरुङले जनाए । आफ्नो जिम्मवारी पूरा नगरेकाले पनि संघीय सरकारको आलोचना गर्नुपरेको उनको भनाइ थियो ।
रेवानका केन्द्रीय अध्यक्ष प्रमोद जैशवालले नयाँ कानुनले व्यवसायीलाई आर्थिक भार बढाएको गुनासो गरे । रेवान पोखराका सल्लाहकार गणेशबहादुर भट्टराईले पर्यटन संघ संस्था राजनीतिभन्दा माथि उठेर लाग्न आग्रह गरे ।

रेवानको अध्यक्षमा भुजेल
रेष्टुरेण्ट एन्ड बार एसोसियसन (रेवान) पोखराको २४औं वार्षिक साधारणसभा तथा १३औं अधिवेशनले बुधराज भुजेल (भिमसेन) को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले भुजेलको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति भएको छ ।
त्यसैगरी प्रथम उपाध्यक्ष लक्ष्मण बराल, द्वितीय उपाध्यक्ष योगेश भट्टराई, महासचिव गणेशबहादुर थापा, सचिवमा विकास भट्टराई, कोषाध्यक्ष लोकवहादुर गुरुङ, सहकोषाध्यक्ष रोसनजंग कार्की, सदस्यमा वसन्त गौतम, विश्वराज पौडेल, नरेश भट्टराई, वैभव पौडेल, राजेन्द्र ढकाल, भरतराज शर्मा र दिल श्रेष्ठ छन् ।

प्रतिक्रिया दिनुहोस्