चीनसँग ट्रम्प आगो, बढ्यो अमेरिकासँग चीनको व्यापार बचत «

चीनसँग ट्रम्प आगो, बढ्यो अमेरिकासँग चीनको व्यापार बचत

वासिङटन-अगस्टमा अमेरिकासँगको व्यापारमा चीनको बचत थप वृद्धि भएको छ । चीनको निर्यात वृद्धि घटपनि अमेरिकासँगको बचतमा भने वृद्धि भएको छ । यसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई थप आक्रोशित बनाएको छ ।
अगस्ट महिनामा चीनको राजनीतिक रुपमा संवेदनशील मानिदै आएको व्यापार बचत ३१.०५ अर्ब डलर कायम भएको छ । यो जुलाईको २८.०९ अर्ब डलरको दाजोमा बढी भएको भन्सार तथ्यांकले देखाएको छ । यो व्यापार ब चतले जुनमा भएको कीर्तिमानी बचतलाई पनि उछिनेको छ ।
वर्षको सुरु ८ महिनाको अवधिमा देशकै ठूलो निर्यात बजार मानिएको अमेरिकासँगका चीनको बचत १५ प्रतिशतले वृद्धि भएको छ । यसले विश्वकै दुई ठूला अर्थतन्त्रबीचको व्यापार सम्बन्धमा थप तनावको अवस्था पैदा गरेको छ ।
अगस्टमा चीनको वार्षिक निर्यात वृद्धि ९.८ प्रतिशतमा ओर्लिएको तथ्यांकले देखाएको छ । यो मार्चदेखिकै कमजोर दर हो । तर पछिल्लो प्रवृत्तीको तुलनामा हलुका मात्रै कम हो ।

 

प्रतिक्रिया दिनुहोस्