मिस नेपाल खतिवडा ओएसीस एजुकेशनको ब्राण्ड एम्बेस्डर «

मिस नेपाल खतिवडा ओएसीस एजुकेशनको ब्राण्ड एम्बेस्डर

अष्ट्रेलियाको सिड्नीमा स्थापना भएको ओएसीस एजुकेशनले मिस नेपाल वल्र्ड २०१८ की श्रृंखला खतिवडालाई ‘ओएसीस एजुकेशन ब्राण्ड एम्बेस्डर’ बनाएको छ । नेपालको वैदेशिक अध्ययन परामर्श सेवालाई मर्यादित बनाउन नेपाल र नेपालीहरुको प्रतिनिधित्व गर्दै विश्वका विभिन्न प्लेटफर्ममा नेपाललाई चिनाउने अभियानमा जुटेकी मिस नेपाल खतिवडालाई ब्राण्ड एम्बेस्डर बनाएको हो ।
नेपालमै इन्जिनियरिङ अध्ययनमा उत्कृष्ट रहेकी मिस नेपाल खतिवडासँगको ओएसीसको यस सहकार्यले अझ विद्यार्थीहरु र आम अभिभावकहरुलाई समेत विश्वास हुने ओएसीस एजुकेशनका सिईओ कुशल केसीले बताए ।
शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी ओएसीस एजुकेशनले मिस नेपाल खतिवडाले संस्थाको शैक्षिक प्रबद्र्धनात्मक कार्यमा सहकार्य गर्ने जानकारी दिएको छ । २०१२ मा अष्ट्रेलियाको सिड्नीमा स्थापना भएको ओएसीस एजुकेशनले आफ्नो स्थापना कालदेखि नै अष्ट्रेलिया अध्ययनका लागि आउने विद्यार्थीहरु, नेपाली समुदाय र अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई समेत शैक्षिक परामर्शका साथै माईग्रेसन, भिसा, लोन, इन्सुरेन्सलगायत विषयहरुमा सेवा प्रदान गर्दै आइरहेको छ ।
ओएसीस एजुकेशनको तर्फबाट प्रत्येक बर्ष तीनजना विद्यार्थीलाई पहिलो सेमेस्टरको पूर्ण छात्रवृत्तिसमेत प्रदान गर्ने निर्णय गरेको छ । जसका लागि ३ हजार डलरको ओएसीस छात्रवृत्ति अक्षयकोष स्थापना गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्