सेलिया गेट्सको थिंक एन्ड ग्रो वर्कसप «

सेलिया गेट्सको थिंक एन्ड ग्रो वर्कसप

सेलिया गेट्सको थिंक एन्ड ग्रो वर्कसप शनिबार सम्पन्न भएको छ । गेट्स एक लेखिका तथा आन्टरप्रेनर हुन् । ग्लोबल ब्रेनस्ट्रोम र वेदर फोरकास्ट माइन्ड टुलका क्रियटर गेट्स व्यक्ति तथा संथाहरुको रणनीतिक सल्लाहाकार पनि हुन् । झन्डै १ सय जनाभन्दा बढीको सहभागिता रहेको कार्यक्रम गेट्सले सञ्चालन गरेकी थिइन् । कार्यक्रमको पहिलो सेसनमा नयाँ विचार र आविष्कार, दिगो व्यापार थियो भने दोस्रो सेसनमा एड्भान्स अग्रिम सोचको अभ्यास र तेस्रो सेसनमा पर्पोज प्यारासुट्स, दिगो व्यवसायको योजना र बजार केन्द्रित आविष्कारको थियो । अन्त्यमा सहभागीहरुले सुमन शाक्य र मदन लम्सालको साथमा सेलिया गेट्ससँग प्रश्न उत्तर कार्यक्रम गरेका थिए ।
शनिबार मल्ल होटलमा आयोजना भएको कार्यक्रमको आयोजना नेपाल आन्टरप्रेनर हवले गरेको हो, जसमा सह–आयोजक आईएए नेपाल च्याप्टर रहेको थियो भने द हिमालयन टाईम्स मिडिया पार्टनर, सिल्भर पार्टनर किंस कलेज, बेवरेज पार्टनर कोकाकोला र इन्टरनेट पार्टनर भाएनेट थियो । उक्त कार्यक्रम उद्देश्य सहभागीहरुको सोचाइ र आइडियाहरुलाई बडाउन रहेको थियो जुन सफल भयो ।

 

 

प्रतिक्रिया दिनुहोस्