खुकुरी रम एक्सएक्सएक्स सन डाउन अफेयरको छैटौं संस्करण «

खुकुरी रम एक्सएक्सएक्स सन डाउन अफेयरको छैटौं संस्करण

नेपाल डिस्टिलरीले आफ्नो ‘खुकुरी रम एक्सएक्सएक्स सन डाउन अफेयर’ श्रृंखलाअन्तर्गतको कार्यक्रम ८ सेप्टेम्बर शनिबारको दिन ललितपुरस्थित द फोयरमा आयोजना गर्ने जानकारी दिएको छ । नेपालको लोकप्रिय पेय पदार्थको प्रवद्र्धन गर्ने क्रममा सन डाउन अफेयरले ग्राहकहरूलाई लाइभ म्युजिकसहित विभिन्न कक्टेलको अनुभव लिने अवसर प्रदान गर्छ । खुकुरी एक्सएक्सएक्स रमद्वारा साप्ताहिक रूपमा आयोजना गरिने सन डाउन अफेयरले स्थानीय तथा अन्तर्राष्ट्रिय डीजेहरूको सांगीतिक प्रस्तुति सहित अन्तर्राष्ट्रिय मिक्सोलोजिस्ट दिन हसन तथा एमी श्रोफद्वारा डिजाइन गरिएको विशेष कक्टेल मेन्युको स्वाद लिने अवसर प्रदान गर्दछ ।
यसपटक आयोजना हुन गइरहेको कार्यक्रम सन डाउन अफेयरको छैटौँ संस्करण हो जहाँ डी जे सुमित, डीजे फ्याटफ्रग, डीजे शेरिङ, डी जेपीएसवाई निन्जा तथा डीजे फुच्चेले ट्रान्स संगीत प्रस्तुत गर्नेछन् । यसअघि नै खुकुरी रमले आफ्नो सन डाउन अफेयर श्रृंखला अन्तर्गतका पाँच विभिन्न कार्यक्रम आयोजना गरिसकेको छ । श्रृंखलाको पहिलो कार्यक्रम ४ अगस्ट लबिम मलस्थित लेभल ३ मा आयोजना भएको थियो । साथै अन्य संस्करणका कार्यक्रमहरू एम्बर्स रेस्टुराँ, टंगालवुड तथा मोक्समा आयोजना गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्