कास्की हेम्जामा कैलाश विकास बैंक «

कास्की हेम्जामा कैलाश विकास बैंक

कैलाश विकास बैंकको कास्की हेम्जा शाखाको शुक्रबार औपचारिक उद्घाटन भएको छ । उक्त शाखाको उद्घाटन पोखरा–महानगरपालिका मेयर मानबहादुर जिसीबाट एक समारोहकाबीच भयो । उक्त समारोह संस्थाका सञ्चालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेलको सभापतित्वमा भएको थियो ।
कैलाश विकास बैंकको यस शाखाबाट सबै प्रकारका कर्जा, निक्षेप, रेमिटान्स, कारोबारसहित सम्पूर्ण अत्याधुनिक बैंकिङ सुविधाहरू उपलब्ध हुने छन् ।
हाल यस बैंकको शाखा संख्या ६८ पुगेका छन् भने एटीएम संख्या २७ पुगेका छन् । बैंकले निकट भविष्यमा झापाको बिर्तामोड, सुर्खेतको छिन्चुबजार, सुनसरीको धरानलगायत अन्य विभिन्न ठाउँहरूमा शाखा संचालन गर्ने तयारी गरिरहेको जनाएको छ ।
राष्ट्रिय स्तरको यस विकास बैंकको चुक्तापुँजी २ अर्ब ५२ करोड रुपैयाँ छ । यस संस्थाले हालसम्म २२ अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ११ करोड कर्जा प्रवाह गरेको छ भने ०७४/७५ को अपरिस्कृत वित्तीय विवरणबमोजिम ५५ करोड १३ लाख मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै समस्त आधारभूत बैंकिङ सेवाको अलावा मोबाइल बैंकिङ, एसएमएस बैंकिङ इन्टरनेट बैंकिङ सेवा, सेयर लगानीकर्ताहरूका लागि सी–आस्बा सेवा, सुविधा भुक्तानी, रेमिटान्स सेवालगायतका सेवाहरू प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्