टि–मार्ट सञ्चालन «

टि–मार्ट सञ्चालन

दाङ-डेढ करोड बढीको लगानीमा दाङको घोराहीमा सुविधासम्पन्न टि–मार्ट सञ्चालनमा आएको छ । खानाका विभिन्न परिकारका सहित घरेलु उपभोगका लागि आवश्यक सामग्रीहरू एउटै छानामुनि पाइने गरी घोराही उप–महानगरपालिका–१५ क्याम्पस रोडको भिग्रेली चोकमा टि–मार्ट सञ्चालनमा आएको हो ।
घोराही उप–महानगरपालिका–२ निवासी टिकाराम रावत र घोराही उप–महानगरपालिका–१८ निवासी पूर्णबहादुर रोकाले करिब १ करोड ६० लाखको लगानीमा टि–मार्ट सञ्चालनमा ल्याएका हुन । टि–मार्टमा खाद्यान्न, घरेलु प्रयोजनका लागि आवश्यक किचन, कस्मेटिक, गिफट, स्टेसनरी, तरकारी, फलपूmल, दही, दूध, मासु र नास्तामा मःम, चाउमिनलगायतका सामग्री उपभोक्ताहरूले खरिद गर्न सक्ने सञ्चालक टीकाराम रावतले जानकारी दिए । “उपभोक्ताहरूलाई एउटै छानामुनि सबै प्रकारका सामग्रीहरू उपलव्ध गराउने उद्देश्यले टि–मार्ट सञ्चालनमा ल्याएको हौं,” सञ्चालक रावतले भने । यहाँ आएपछि उपभोक्ताहरूलाई आवश्यक सामान किन्न पसल–पसल जानु नपर्ने उनको भनाइ छ । उपभोक्ताहरूको आवश्यकतालाई मध्यनजर गरेर घरयासी प्रयोजनका सबै सामग्रीहरू राखिएको उनले बताए ।
घोराहीमा सञ्चालनमा आएको टि–मार्टले उपभोक्ता लाई घरेलु उपभोगका वस्तु खरिद गर्न सजिलो भएको अर्का सञ्चालक पूर्णबहादुर रोकाले बताए । “अहिले उपभोक्ताहरूलाई घरका लागि आवश्यक सामग्री खरिद गर्न बजारका पसल–पसल डुल्नु पर्ने समस्याको अन्त्य गर्ने उद्देश्यले टि–मार्ट सञ्चालनमा ल्याएको हौं,” सञ्चालक रोकाले भने । विदेशमा सिकेको सीप र ज्ञानलाई स्वदेश मै लगाउने उद्देश्यले व्यवसाय सञ्चालन गरिएको बताए । उनले यो जिल्लामा एकद मै नयाँ व्यवसाय भएको समेत दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्