ज्याक मालाई सिइओभन्दा शिक्षकको जागिर राम्रो «

ज्याक मालाई सिइओभन्दा शिक्षकको जागिर राम्रो

बेइजिङ-चीनकै धनी तथा अलिबाबाका संस्थापक ज्याक माले अवकाश लिने घोषणा गरेका छन् । अलिबाबाको यूसी ब्राउजर तथा यूसी न्युज एप भारतमा सर्वाधिक लोकप्रिय रहँदै आएको छ । सोमबारबाट ज्याक माले आफ्नो कम्पनी छोड्दै छन् । यसको घोषणा गर्दै ज्याक माले कम्पनीको सिइओको सट्टा बालबालिकालाई पढाउनु राम्रो भएको बताए । यसका लागि उनी छिट्टै नयाँ भूमिकामा देखा पर्नेछन् ।
उनको सम्पत्ति २.८८ लाख करोड भारतीय रुपैयाँ रहेको छ । ५४ वर्षको उमेरमै अवकाशको घोषणा गर्ने ज्याकले अर्बपति बिल गेट्ससँग मिलेर आफ्नो नामबाट फाउन्डेसन सुरु गर्न चाहेको बताएका छन् । यो फाउन्डेसन शिक्षामा केन्द्रीत हुने उनले बताए ।
आफुले बिल गेट्ससँग धेरै सिक्न चाहेको उनले बताए । “म उनीजस्तो धनी बन्न त सकिनँ, तर एक चिजमा उनको भन्दा राम्रो गर्न सक्छु । त्यो भनेको म उनीभन्दा चाँडै अवकाश लिन सक्छु ।”
अलिबाबाका सिइओ पदबाट अवकाश हुने घोषणा गर्ने ज्याक मा चीनको विश्वविद्यालयको परीक्षामा दुई पटक फेल भएका थिए । यो कुराबाट उनलाई बेला–बेलामा चोट पुग्दै आएको छ । आफु कहिल्यै राम्रो छात्र बन्न नसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्