अमेरिकी व्यापार घाटा ५ महिनाकै उच्च «

अमेरिकी व्यापार घाटा ५ महिनाकै उच्च

वासिङटन- जुलाई महिनामा अमेरिकाको व्यापार घाटा पाँच महिनाकै उच्च कायम भएको छ । आयात कीर्तिमानी उच्च कायम भएपछिको अवस्थामा व्यापार घाटा उकालो लागेको अमेरिकी वाणिज्य विभागले जनाएको छ ।
जुलाईमा अमेरिकाले सामान र सेवातर्फ ५०.१ अर्ब डलरको व्यापार घाटा बेहोरेको थियो । यो अघिल्लो महिनाको ४५.७ अर्ब डलर बढी र फेब्रुअरीदेखिकै उच्च भएको विभागले जनाएको छ ।
जुलाईमा अमेरिकाको निर्यात १ प्रतिशतले ओरालो लागेर २११.१ अर्ब डलर कायम भएको छ । यसैगरी आयातमा पनि ०.९ प्रतिशतको वृद्धि भई २६१.२ अर्ब डलर कायम भएको छ । यसले तेस्रो त्रैमासिक अवधिमा अमेरिकी आर्थिक वृद्धिलाई पनि कम गराएको विभागले जनाएको छ ।
वर्षको सुरु ७ महिनाको अवधिमा अघिल्लो वर्षको समान अवधिको तुलनामा व्यापार घाटा ७ प्रतिशतले वृद्धि भएको छ ।
व्यापार सम्झौतालाई पुनः मोलमलाई गरेर र आयातमा भन्सार वृद्धि गरेर व्यापार घाटा कम गर्ने ट्रम्प प्रशासनले बताए पनि अमेरिकी व्यापार घाटामा लगातार वृद्धि भइरहेको छ ।
आयातमा भन्सार लगाएर अमेरिकी व्यापार घाटा क मगर्ने उपाय सहि नभएको अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रमुख अर्थशास्त्री मौरिस अब्सटफिल्डले बताएका छन् ।
“व्यापार नीतिले चालू खातामा देखिएको असन्तुलनको प्रमुख मापन देखाउदैन । यो विशेषगरी बृहत् आर्थिक परिवृत्त हो,”अब्सटफिल्डले बताए ।
चालू वित्तीय मापनमा आधारित हुदा कोष्लो अमेरिकी चालू खाता घाटा २०१७ को २.४ प्रतिशतको तुलनामा वृद्धि भएर २०२० सम्म कुल गाहर््स्थ्य उत्पादनको ३.६ पतिशतमा पुग्ने देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्