Logo

मेगा बैंक र जनरल इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

 मेगा बैंक नेपाल लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी नेपालबीच बैंकासुरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । बैंक तथा इन्स्योरेन्सबीच बुधबार आयोजित एक कार्यक्रमबीच सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । बैंकका कार्यकारी नायव प्रमुख कार्यकारी अधिकृत रबिना देशराज श्रेष्ठ र इन्स्योरेन्सका महाप्रबन्धक एसके तमोटले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिसँगै बैंकका ग्राहकले जनरल इन्स्योरेन्स कम्पनी नेपालले प्रदान गर्ने निर्जीवनबीमा सेवासम्बन्धी सुविधा बैंकका सबै शाखाबाट लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्