माछापुछ्रे थप २ शाखारहित बैंकिङ सेवा «

माछापुछ्रे थप २ शाखारहित बैंकिङ सेवा

माछापुछ्रे थप २ शाखारहित बैंकिङ सेवा
काठमाडौं- माछापुछ्रे बैंक लिमिटेडले सिराहामा २ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले सिराहाको लाहान नगरपालिकाको बरियारपट्टी र सखुवानान्कारकट्टीमा थप २ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । योसहित माछापुछ्रे बैंकको हालसम्म २७ शाखारहित बैंकिङ सेवा सुचारु भइसकेको बंैकले जनाएको छ । ग्राहक सेवा केन्द«को रूपमा सञ्चालित उत्क्त शाखारहित सेवा केन्द्रहरूबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदन गर्नेसमेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको जनाएको छ । बंैकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखा, २ वटा एक्स्टेन्सन काउन्टरहरूलगायत २७ शाखारहित बैंकिङ सेवासमेत गरी जम्मा १ सय १५ स्थानबाट ग्राहक महानुभावहरूमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर ९९ वटा एटीएमहरू सञ्चालनमा छ ।

 

प्रतिक्रिया दिनुहोस्