एभरेस्ट बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच सम्झौता «

एभरेस्ट बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच सम्झौता

 एभरेस्ट बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स (विप्रेषण) कारोबारसम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका सहायक महाप्रबन्धक केशवराज पौडेल तथा सिटी एक्सप्रेस मनी ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डनले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सहमतिसँगै एभरेस्ट रेमिटबाट पठाएको रकम सिटी एक्सप्रेस मनी ट्रान्सफरका ६ हजारभन्दा बढी एजेन्टहरूमार्फत भुक्तानी प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्