सामसङले मध्यम ग्यालेक्सी ए–८ सार्वजनिक गर्ने
सामसङ इलेक्ट्रोनिक्सले मध्यम तहको ग्यालेक्सी ए–८ र ग्यालेक्सी ए–८ प्लस स्मार्टफोन जनवरीमा सार्वजनिक गर्ने जनाएको छ । चिनियाँ प्रतिद्वन्द्वीले मूल्य प्रतिस्पर्धी स्मार्टफोन बजारमा ल्याएकाले यसको सामना गर्नका लागि सामसङले मध्यम तहको स्मार्टफोन सार्वजनिक गर्न लागेको हो ।ग्यालेक्सी ए–८ स्मार्टफोन अगाडिपट्टिको भागमा दुईवटा क्यामेरा भएको ग्यालेक्सीको पहिलो स्मार्टफोन हुने दक्षिण कोरियाली प्रविधि कम्पनीले जनाएको छ । यो स्मार्टफोनको अगाडिपट्टिको भागमा १६ मेगापिक्सेल र ८ मेगा पिक्सेलको सेल्फी क्यामेरा हुनेछ । यसको पछाडिपट्टिको भागमा १६ मेगा पिक्सेलको क्यामेरा हुनेछ ।
नयाँ स्मार्टफोन प्रिमियमा मोडलमा भएको जस्तै इनफिनिटी डिस्प्लेका साथ आउनेछ । ग्यालेक्सी ए–८ र ग्यालेक्सी ए–८ प्लसको डिस्प्लेको आकार क्रमशः ५.६ इन्च र ६ इन्चको हुनेछ ।
ग्यालेक्सी ए–८ स्मार्टफोनमा सामसङको उच्च प्रविधिको संयन्त्रको कतिपय विशेषता पनि समावेश गरिनेछ । यसमा लोकप्रिय मानिँदै आएको मोबाइल भुक्तानी व्यवस्था सामसङ पे लगायतका विशेषताहरू पनि समावेश हुनेछन् ।यो फोन पानी र धूलोप्रतिरोधी हुनेछ । यसमा समावेश गरिएको आईपी–६८ प्रमाणीकरणले यी सुविधा उपलब्ध गराउनेछ । यसमा सामसङको भर्चुअल–रियालिटी हेडसेट पहिलो पटक जोडिएको छ । यो ग्यालेक्सी ए मोडलमा भएजस्तै हुनेछ ।
ग्यालेक्सी ए–८ र ए–८ प्लस कालो, खैरो, सुनौलो र नीलो गरेर ४ रंगमा उपलब्ध हुनेछ । यसको ब्याट्रीको क्षमता ३ हजार एमएएच र ३ हजार ५ सय एमएच हुनेछ ।विभिन्न मुलुकमा सार्वजनिक गरिने विस्तृत समय तालिका मुलुकअनुसार फरक हुने सामसङले जनाएको छ ।