चीनमा सुरु भयो विश्वकै लामो शीशाको पुल «

चीनमा सुरु भयो विश्वकै लामो शीशाको पुल

चीनमा जमिनबाट २ सय १८ मिटरमाथि बनाइएको शीशाको पुल आइतबारदेखि सर्वसाधारणका लागि खुला भएको छ । यो पुल हेबेइ प्रान्तको शिजियाझुआंग सहरमा अवस्थित छ । यो पुल विश्वकै लामो शीशाको पुल भएको बताइएको छ । दुई चट्टानको बिचमा अडिएको यो पुलको चौडाइ २ मिटर रहेको छ ।
पुलमा १ हजार ७७ पारदर्शी शीशा राखिएको छ । या शीशाको मोटाइ ४ मिटर रहेको छ । शीशाको कुल वजन करिब ७० हजार किलो छ । यो पुलको क्षमता २ हजार मानिस भएपनि एकै समयमा ५ सय मानिस मात्रै जान सक्ने बताइएको छ ।
यो पुल ४ सय ८८ मिटर लामो र २ मिटर चौडा छ । पुलको दुवैपट्टिको भागमा ड्रागनको भीमकाय प्रतिमा लगाइएको छ । यो पुल बनाउनका लागि १ हजार ७७ शीशा लगाइएको छ र प्रत्येक शीशा ४ सेन्टिमिटर चौडा छ ।

 

प्रतिक्रिया दिनुहोस्