Logo

गुराँस लाइफ इन्स्योरेन्स र एनआईसी एसियाबीच बैंकासुरेन्स सम्झौता

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी र एनआईसी एसिया बैंकबीच बैंकासुरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । इन्स्योरेन्स तथा बैंकबीच मंगलबार आयोजित एक कार्यक्रमबीच सो सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिसँगै बैंकका ग्राहकले गुराँस लाइफ इन्स्योरेन्सले प्रदान गर्ने जीवन बिमा सेवासम्बन्धी सुविधा बैंकका सबै शाखाबाट लिन सक्ने बताइएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्