लकहिड मार्टिनले टाटासँग मिलेर भारतमै लडाकु विमानको पखेटा बनाउने «

लकहिड मार्टिनले टाटासँग मिलेर भारतमै लडाकु विमानको पखेटा बनाउने

वासिङटन-लकहिड मार्टिनको एफ–१६ लडाकु विमानको पखेटा भारतमा टाटा उद्योग समूहसँग मिलेर बनाइने भएको छ । अमेरिकी कम्पनीले मंगलबार यसको घोषणा गरेको हो ।
यो कामलाई केन्द्र सरकारको मेक इन इन्डिया प्रयासका लागि महत्वपूर्ण उपलव्धी मानिएको छ । लकहिड मार्टिनले टाटा एडभान्स सिस्टम्स लिमिटेड (टीएएसएल) सँग मिलेर उत्पादनको साझेदारी गरेको हो ।
लकहिडका अधिकारीले भनेका छन,“एफ–१६ विमानको पखेटा भारतमा निर्माण गर्ने यो निर्णयसँग विमान खरिदको कुनै शर्त जोडिएको छैन ।” लकहिडले यी विमानको पखेटा निर्माणको सुविधा भारतमा स्थानान्तरित गर्ने प्रस्ताव गरेको हो । भारतले हालसालै वायुसेनाका लागि विमान खरिदको पैmसला गर्न बाँकिनै रहेको छ ।
अधिकारीले यो निर्णयबाट लकहिडको टाटा समूहसँगको हिस्सेदारी मजबुत हुने तथा सरकारको मेक इन इन्डियाको पहलमा पनि योगदान गर्ने बताएका छन् ।
यो निर्णय एक स्वभाविक पहिलो कदम हो जुन टाटासँगको हाम्रो सफल भागिदारीमा टिकेको लकहिड मार्टिन एरोनटिक्सका रणनीति एवंम कारोबारी विकास उपाध्यक्ष विवेक लालले बताए ।
कम्पनी र टाटा समूहबीच सी–१३० जे तथा एस–९२ हेलिकप्टरको समयदेखिनै साझेदारी रहदै आएको छ । यदी भारतीय वायुसेनाले एफ–१६ ब्लक ७० हेलिकप्टर लिने निर्णय गरेको छ भने दुवै देश मिलेर भारतमै यसको निर्माण गरिने गत वर्षनै टाटा र लकहिड मार्टिनले घोषणा गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्