पोखरामा क्रिसमस र नयाँ वर्षको रौनक

क्रिसमस र अंग्रेजी नयाँ वर्ष आएपछि पर्यटकीय नगरी पोखरा ‘गुलजार’ बन्छ । विशेषगरी लेकसाइड क्षेत्र झकिझकाउ बनाइन्छ । रेस्टुरेन्टका टेबल खाली हुँदैनन् । होटलका कोठा प्याक हुन्छन् । विदेशीमात्र नभएर आन्तरिक पर्यटकको पनि ओइरो लाग्छ पोखरामा डिसेम्बर अन्तिम साता । त्यसो त डिसेम्बरलाई नेपाली पर्यटनको क्षेत्रमा अफसिजन मानिन्छ । तर, पोखराको हकमा यो लागू हुँदैन । यहाँका पर्यटन व्यवसायीका लागि त डिसेम्बर महिना कमाइ गर्ने मुख्य महिना हो । हरेक वर्ष डिसेम्बर अन्तिममा पोखरामा सडक महोत्सव आयोजना हुन्छ र यो महोत्सवले पोखराको पर्यटन व्यवसायलाई पूरै चलायमान बनाइदिन्छ । १८ वर्षयता यस्तो महोत्सव पोखरामा भइरहेको छ । १९ औं संस्करणको रुपमा यो वर्षको पोखरा सडक महोत्सव डिसेम्बर २८ देखि हुँदैछ । पोखराका गणेशबहादुर भट्टराईलगायत पर्यटन व्यवसायीले सुरु गरेको महोत्सव पछिल्ला वर्षदेखि देशकै छुट्टै ब्राण्ड बन्न सफल भएको छ । नेपालमा रहेका विदेशी पनि क्रिसमस र नयाँ वर्ष मनाउन इन्डियाको गोवा जाने गर्थे । यही महोत्सवका कारण पोखरामा आन्तरिक र बाह्य पर्यटकको आगमन बढ्दै आएको छ ।
महोत्सवको अवधिमा पोखराका रेस्टुरेन्टले विभिन्न देशका खानाका परिकार सडकमै पस्कने गर्छन् । महोत्सवले समग्र पोखराको आर्थिक क्रियाकलापलाई टेवा पुर्याउँदै आएको व्यवसायीहरूले बताएका छन् । यस वर्षको पोखरा सडक महोत्सवको १९ औं संस्करण यही पुस १३ देखि १७ गतेसम्म पोखराको लेकसाइडस्थित फिस्टेल गेट देखि डिहिको पाटनसम्म करिब साढे ३ कलिोमिटर क्षेत्रमा मुख्य हुनेछ । महोत्सव सम्पन्न गर्न रेस्टुरेण्ट एण्ड बार एसोसिएसन पोखराका अध्यक्ष चौबहादुर गुरुङको संयोजकत्वमा २२ सदस्यीय महोत्सव व्यवस्थापन मूल समिति गठन गरिएको छ ।
यसैबीच, आज (सोमबार) मनाइने क्रिसमसलाई लक्षित गरी पोखराको मुख्य पर्यटकीय स्थल लेकसाइड क्षेत्रमा रहेका होटल तथा रेष्टुरेण्टले आकर्षक सजावट गरेका छन् । अहिले पोखराका होटलको अकुपेन्सी ५० प्रतिशतसम्म पुगेको पश्चिमाञ्चल होटल स्ांघका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले बताए । उनले भने, “क्रिसमसको अवसरमा कम्तिमा दुई दिनको लागि यहाँको होटलको अकुपेन्सी ५० प्रतिशत भएको छ ।” पोखराका ठूला होटलको क्रिसमसको अवसरमा अकुपेन्सी करिब ७० प्रतिशतसम्म पुगे पनि साना तथा मझौला होटलको भने ५० प्रतिशत पुगेको बताइन्छ । होटल माउण्ट कैलाश रिसोर्टका सञ्चालक नरेश भट्टराईले क्रिसमसको अवसरमा होटलको अकुपेन्सी ७० प्रतिशतसम्म पुगेको बताए । अंग्रेजी नयाँ वर्ष २०१८ को पूर्वसन्ध्यामा पोखरामा करिब ५० प्रतिशत अग्रिम बुकिङ भएको संघका निवर्तमान अध्यक्ष पराजुलीले बताए । पोखरा क्षेत्रमा पर्यटक बस्न सक्ने गरी होटलका लगभग १० हजारभन्दा बढी रुममा २० हजारभन्दा बढी बेड संख्या रहेको बताइन्छ ।
पर्यटकको भीड थामी नसक्नु हुन्छ पोखरामा सडक महोत्सव आयोजना गरिनुअघि अ्रग्रेजी नयाँ वर्ष मनाउनका लागि कैयौं नेपालीहरू विदेशमा जाने प्रचलन थियो । नेपालमा आकर्षक इभेन्ट नहुँदा विदेशी पर्यटक पनि यो समयमा नेपाल आउने गर्दैनथे । तर अहिले त्यो अवस्था छैन । अब नेपालीलाई मात्र नभएर विदेशीहरूलाई पनि नयाँ वर्ष पोखरामा मनाउनुपर्छ भन्ने माहोल सिर्जना गराएको छ । महोत्सवलाई लक्षित गरी आएका पर्यटकले पोखराका विभिन्न साहसिक खेल गतिविधिदेखि पोखराका पर्यटकीय स्थलहरूको समेत अवलोकन गर्ने गरेका छन्, जसले गर्दा यहाँको आर्थिक क्रियाकलामा थप टेवा पुग्ने गरेको छ ।
|
सडक महोत्सवलाई अन्तर्राष्ट्रिय ब्राण्ड बनाउनुपर्छ |
५ दिन पोखरा ‘प्याक’ हुन्छ |
सुरक्षामा समस्या छैन![]() नरेश भट्टराई संयोजक, सुरक्षा व्यवस्थापन सडक महोत्सवलाई हामीले नमुना महोत्सवको रुपमा लिएका छौं । पर्यटनको अफसिजन मानिने डिसेम्बर÷जनवरीमा हामीले निरन्तर रुपमा १८ वर्ष अघिदेखि सडक महोत्सव आयोजना गर्दै आयौं । त्यसको परिणामस्वरुप यहाँको पर्यटन प्रवद्र्धन भएको छ । सडक महोतसवमा हामीले नेपाली पहिचान भएको छुट्टै नेपाली खान यो भनेर गर्व गर्ने कुनै खानाको परिकार बनाउन सकिएको छैन । कम्तिमा नेपालको खाना यो हो भनेर विदेशी पाहुनालाई स्वाद चखाउन सके नेपालको छुट्टै ब्राण्ड हुने थियो । यसमा राज्यले प्रदेशस्तरीय ढंगबाट त्यस ठाउँको खानाको बारेमा अध्यन गरी ब्राण्डिङ गर्नुपर्छ । महोत्सवमा हरेक वर्ष पर्यटकको वृद्धि हुनु हाम्रो लागि अवसर र चुनौती हुने गर्दछ । हामीले महोत्सवमा कुनै अप्रिय घटना नहुन दिन शान्ति सुरक्षाको राम्रो व्यवस्था मिलाएका छौं । सिसि क्यामरा जडानदेखि, विभिन्न क्षेत्रमा स्वयंसेवक खटाउन लागि परेका छौं । |