एनसेलले ल्यायो ‘रिचार्ज एन्ड विन’ अफर «

एनसेलले ल्यायो ‘रिचार्ज एन्ड विन’ अफर

एनसेल प्राइभेट लिमिटेडले नजिकिँदै गरेको चाडपर्वको अवसरमा आफ्ना ग्राहकका लागि आकर्षक ‘रिचार्ज एन्ड विन’ अफर ल्याएको छ । यस योजनाअन्तर्गत एनसेलका १० भाग्यशाली ग्राहकले हरेक साता जनही १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । यो अफर यही आइतबारदेखि लागू भई १० सातासम्म सञ्चालनमा रहनेछ ।
यो योजना साप्ताहिक चक्रमा सञ्चालन हुनेछ, जसको सुरुवात आइतबार हुनेछ र समापन शनिबार हुनेछ । योजनामा सप्ताहभर १ सय वा सोभन्दा बढी रिचार्ज गर्ने एनसेलका सम्पूर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले भाग लिई आकर्षक नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्नेछन् । ग्राहकले प्रत्येक १ सय रुपैयाँबराबरको रिचार्जका लागि एसएमएसमार्फत एउटा कोड प्राप्त गर्नेछन् । उदाहरणका लागि ग्राहकले आइतबारदेखि शनिबारको अवधिमा २ सय ५० रुपैयाँको रिचार्ज गरेका छन् भने सो सप्ताह लगत्तैको सोमबारसम्ममा एसएमएसमार्फत दुइटा विशेष कोडहरु प्राप्त गर्नेछन् । ५ सय रुपैयाँ रिचार्ज गरेका छन् भने पाँचवटा कोडहरु प्राप्त गर्नेछन् ।
योजना अवधिभर हरेक साताका १० भाग्यशाली ग्राहकहरुको छनोट प्रत्यक्ष प्रसारणमा हुने लक्की ड्र मार्फत गरिनेछ । चर्चित व्यक्तित्वहरुको उपस्थितिमा मंगलबारका दिन साँझ ७ः०० बजे एपी वान टेलिभिजनमा लक्की ड्र प्रत्यक्ष प्रसारण हुनेछ । यसरी छानिएका भाग्यशाली ग्राहकहरुलाई हरेक बिहीबार एक कार्यक्रम माझ प्रतिव्यक्ति १ लाखका दरले नगद पुरस्कार हस्तान्तरण गरिनेछ । ‘‘यो योजनाका साथ हामी हाम्रा ग्राहकहरुसँग नजिक आइरहेको चाडपर्वमा सहभागी हुन पाउँदा उत्साहित छौं । हामी सबै ग्राहकलाई शुभकामना व्यक्त गर्छाैं र यस योजनाले १० सातामा छानिने १ सय जना भाग्यशाली ग्राहकको चाडपर्व हर्षोल्लासमय बनाउने आशा लिएका छौं,” एनसेलका प्रमुख कमर्सियल अधिकृत एन्डी चोङले भने ।

प्रतिक्रिया दिनुहोस्