पत्रकारिताबाट आफनो करियर सुरु गरेका तर आफनो जीवनको उर्जावान समय विकास साझेदारको संगतमा बिताएका राजीव उपाध्यायले बिहीवार एक कार्यक्रमकाबीच आफनो पहिलो पुस्तक ‘कबाल्स एण्ड कार्टेल्स्’ सार्वजनिक गरे ।

अविरल वर्षापछि आएको बाढी र पहिरोले दोलखाको उत्तरी भेगमा निर्माणाधीन र सञ्चालनमा रहेका आधा दर्जन जलविद्युत् आयोजनामा क्षति पु-याएको छ । गौरीशंंकर गाउँपालिकाको सिप्रिङ, खोला, खारे खोला र सुरी खोलामा पानीको बहाब बढ्दा आयोजनामा क्षति भएको हो । एक सातायता दोलखाको उत्तरी क्षेत्रमा पहिरो र बाढीले बढी क्षति पु-याएको छ । दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा पौडेलका अनुसार गौरीशंकर गाउँपालिका–८ टुनिटारमा खोलासँगै आएको पहिरोले राती ९ बजेतिर ६ घर पुरेको छ भने एक जनाको ज्यान गएको छ । ज्यान जानेमा कालिञ्चोक गाउँपालिका–८ का २८ वर्षीय सुरेश शिवाकोटी रहेका छन् । उनी सिंगटीबाट ग्रिलको काम गर्न त्यहाँ पुगेका थिए । उनीसँगै गएका लोकेशको हात भाँच्चिको छ ।

बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिले मुआब्जा वितरण, पुनर्बास तथा पुनस्र्र्थापनामा देखिएका समस्या तत्काल सम्बोधन गर्न माग गरेको छ । समितिले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय बासिन्दाको स्वामित्व रहने मोडालिटी छिटोभन्दा छिटो तय गरी आयोजना निर्माण अघि बढाउन माग गरेको हो ।

प्रमुख समाचार

Rates

Saturday 25,April,2020
Currency Unit Buying Selling
American Dollar 1 122.03 122.63
Pound 1 150.87 151.61
Euro 1 131.66 132.31
Chinese Yuan 1 17.32
Japenese Yen 10 11.34 11.40
Korean won 100 9.89 9.94
Wednesday 08, August, 2018
Hallmark Gold (1 Tola)
NPR. 56000
Tejabi Gold (1 Tola)
NPR. 55700
Silver (1 Tola)
NPR. 730
Wednesday 06,June,2018
Item Price
Petrol (MS) Npr. 112 / L
Diesel (HSD) Npr. 99 / L
Kerosene (SKO) Npr. 99 / L
Aviation Turbine Fuel Npr. 104.50/L / L (Duty Paid)
Aviation Turbine Fuel (Jet A-1) Npr. / L (Blonded)
LP Gas/td> Npr. 1400 / Cyl