जुम्लाका विपन्न दलित तथा जनजातिलाई अनुदानमा वितरण गर्नुपर्ने सौर्य बत्ती जनप्रतिनिधिकै मिलेमतोमा ३३ लाख रकम असुलेर बेचिएको पाइएको छ । कर्णाली उज्यालो कार्यक्रमअन्तर्गत विपन्न दलित तथा जनजातिलाई पूर्ण अनुदानमा बाँड्नुपर्ने सोलार सेट चर्को रकम असुलेर बिक्री गरिएको छ । अनुदानका सोलारमा ठगी भएको कुरा बाहिरिएसँगै जुम्लामा दलित समुदाय एकजुट भएर रकम असुलीसँगै कारवाहीको माग गर्दै ठाउँठाउँमा धाइरहेका छन् ।

करदाता सेवा कार्यालय पाल्पाले पहिलो चौमासिक सम्ममा २३ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ । करदाता सेवा कार्यालय पाल्पालाई आन्तरिक राजस्व कार्यालय बुटवलले वार्षिक लक्ष्य नदिएपनि गत वर्षको लक्ष्यभन्दा दोब्बर बढी राजस्व संकलन हुने करदाता सेवा कार्यालय पाल्पाका प्रमुख सागर पोखरेलले बताए ।

काठमाडौं भित्रने सहज मार्गका रुपमा हेरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी सुरु भएको छ । सुरुङमार्ग निर्माणको जिम्मेवारी पाएको जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेशनले निर्माणस्थल नजिकै कार्यालय स्थापना गर्ने, प्रविधि र जनशक्तिको व्यवस्थापनलगायतका काम अघि बढाएको हो ।

प्रमुख समाचार

Rates

Saturday 07,December,2019
Currency Unit Buying Selling
American Dollar 1 113.61 114.21
Pound 1 149.22 150.01
Euro 1 126.07 126.74
Chinese Yuan 1 16.24
Japenese Yen 10 10.46 10.52
Korean won 100 9.57 9.62
Wednesday 08, August, 2018
Hallmark Gold (1 Tola)
NPR. 56000
Tejabi Gold (1 Tola)
NPR. 55700
Silver (1 Tola)
NPR. 730
Wednesday 06,June,2018
Item Price
Petrol (MS) Npr. 112 / L
Diesel (HSD) Npr. 99 / L
Kerosene (SKO) Npr. 99 / L
Aviation Turbine Fuel Npr. 104.50/L / L (Duty Paid)
Aviation Turbine Fuel (Jet A-1) Npr. / L (Blonded)
LP Gas/td> Npr. 1400 / Cyl