कारोबार संवाददाता
बुधवार, असार ३१, २०७७
992

नयाँ दिल्ली-रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष तथा प्रबन्ध निर्देशक मुकेश अम्बानी विश्वकै छैटौ धनी व्यक्ति भएका छन् । गुगलका सह संस्थापक ल्यारी पेजलाई पछि पार्दै उनी छैटौ धनी भएका हुन् । ब्लूमबर्ग बिलिनियर इन्डेक्सका अनुसार उनको कुल ७२.४ अर्ब डलरको सम्पत्ति रहेको छ । इस्बी संवत अनुसार यो महिनाको सुरुमा उनी धनीको सूचीमा टप टेनमा पर्न सफल भएका थिए । उनको सम्पत्ति एकै दिनमा २.१७ अर्ब डलरले वृद्धि भएको छ । यसले उनलाई विश्वकै छैटौ धनीको स्थान सुरक्षित गर्नका लागि सहयोग गरेको हो । उनले विगत १२२ दिनको अवधिमा ७.९ अर्ब डलरको सम्पत्ति थप गरेका छन् ।
उनी भन्दा धनी रहेका अन्य व्यक्तिहरुमा जेफ बेजोसको १८४ अर्ब, बिल गेट्ेसको ११५ अर्ब, बर्नाड आरनाउल्टको ९४.५ अर्ब, मार्क जुकरबर्गको ९०.८ अर्ब, स्टेले बाल्मरको ७४.६ अर्ब डलरको सम्पत्ति रहेको ब्लूमबर्ग बिलिनियर इन्डेकसले देखाएको छ ।

 फाइनान्शीयल टाइम्स