एजेन्सी
बुधवार, असार ३१, २०७७
1995

मस्को-नेपालमा थोत्रा बसमा पानी चुहिएको भन्ने खबर यदाकदा सुन्नमा आएको छ । तर विमानमै पानी चुहियो भन्ने सुन्नमा आयो भने त्यो तपाई हामी सबैलाई अचम्म लाग्न सक्छ । रुसमा यस्तै भएको छ । रुसको रोसिया एयरलायन्स फ्लाईट को छतबाट पानी चुहिएपछि यात्रीले यसबाट बच्नका लागि छाता खोलेर यसको मुनी बसेका छन् । सोशल मीडियामा यो भिडियो भाइरल भएको छ । एयरलायन्सले यो घटनाको जाँचको घोषणा गरेको छ ।
खाबरोवस्क तथा सोचीबीचको एक रोसिया एयरलायन्सको फ्लाईटमा यात्रीले छाता ओडेको देखिएको छ । किनकी पानीको थोपा उनीमाथि झरिरहेको थियो । भिडियोमा केही यात्रीले चुहावटको स्रोतको पहिचान गर्ने प्रयास गरेको पनि देखिएको छ ।

यो घटनाको एयरलायन्सले परीक्षण गरेको छ र यसका लागि एयर कन्डिसनिङ सिस्टमलाई जिम्मेवार मानेको छ ।
यसको भिडियो एक ट्वीटर युजरले शेयर गरेका छन् । यो भिडियो व्यापक भाइरल भएको छ ।