एजेन्सी
आइतवार, असार २८, २०७७
673

हङकङ-जापानले विश्वकै परिष्कृत स्टील्थ फाइटर बनाउने योजना घोषणा गरेको छ ।
रक्षा मन्त्रालयले यो साता डायटका सदस्यहरुलाई नयाँ छैटौ पुस्ताको फाइटरको उत्पादन २०३१ को आर्थिक वर्षबाट सुरु हुने र यसले देशको पुरानो १०० वटा एफ–२ विस्थापित गर्ने जापानको राष्ट्रिय प्रशारक एनएचकेले जनाएको छ ।

देशको आर्थिक वर्ष २०२० को प्रतिरक्षाा बजेटले २६ करोड १० लाख डलर भन्दा बढी यो कार्यक्रमका लागि छुट्याएको छ ।
जापानको एक्विजेशन, लजिस्टिक एन्ड टेक्नोलोजी एजेन्सी (एल्टा) ले यसको विभिन्न विशेषताहरुको बारेमा उल्लेख गरेको छ ।
यसमा इन्टिग्रेटेड फायर कन्ट्रोल र नेटवर्किङ सुटिङ रहने छ ।
एफ–२ पहिलो पटक १९९५ मा उडेको थियो । यो फाइटर एफ–१५ जेटका साथै उडेको थियो । क्षेत्रिय प्रतिद्वन्द्वी चीनले नयाँ फाइटर जेटमा लगानी गरिरहेकै समयमा यी प्रतिरक्षालाई अपग्रेट गर्नु आवश्यक देखिएको छ ।