कारोबार संवाददाता
आइतवार, असार २८, २०७७
973

फोब्र्स,वासिङटन-रिलायन्स इन्डस्ट्रिजले आफ्नो हिस्सालाई रिलायन्स जियोमा मौद्रिकरण गर्न थालेपछि लगानी गुरु वारेन बफेटलाई पछि पार्दै मुकेश अम्बानी विश्वकै सातौ धनी भएका छन् ।
६३ वर्षीय अम्बानीसँग ७०.१ अर्ब डलरको सम्पत्ति रहेको छ । फोब्र्सका अनुसार उनी यो सम्पत्ति सहित विश्वकै सातौ धनी भएका हुन् । शीर्ष धनी १० मा पर्ने उनी एसियाकै पहिलो व्यक्तित्व हुन् । उनी गुगलका सह संस्थापक ल्यारी पेज र सर्गेई ब्रिन भन्दा अगाडि देखिएका छन् ।
कोरोना महामारीको यो समय वारेन बफेटका लागि कठिन भएको छ । उनले यो समयलाई नगदको आसनमा बस्ननै उत्तम ठानेका छन् । बर्कशायर हाथवेले डेल्टा, अमेरिकन, साउथवेस्ट र युनाईटेड लगायतका एयरलायन्समा रहेको आफ्नो सेयर बिक्री गरिसकेको छ । उनले ठूला लगानीहरु रोकेका छन् । उद्यपि डोमिनियन ईनर्जीमा मात्रै १० अर्ब डलरको लगानी गरेका छन् । यो लगानीधको घोषणा गत साता गरिएको थियो ।