एजेन्सी
बुधवार, असार २४, २०७७
581

वासिङटन-एफबीआईका निर्देशकले अमेरिकाका लागि चीन सबैभन्दा ठूलो खतरा भएका छन् । अमेरिकी अधिकारीको यो भाषण यस्तो समयमा आएको छ कि जब अमेरिका तथा चीनकाबीच कोरोना महामारी तथा चिनियाँ एप्सको विषयलाई लिएर तनाव चरम सीमामा पुगेको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाको महामारीको विषयलाई लिएर लगातार चीनको आलोचना गरिरहेकन छन् र सीधा चीनमाथि विश्वमा महामारी फैलाएको आरोप लगाउदै आएका छन् ।

यसका अतरिक्त यसै साता अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले अमेरिकाले चीनमा बनेको एप्सलाई प्रतिबन्ध गर्ने विषयमा विचार गरिरहेको र जसमा टीकटक पनि समावेश भएको बताएका थिए ।
पोम्पियोले भने,“यो एप्स चिनियाँ कम्युनिस्ट पार्टीको भाषणमा एफबीआई निर्देशकले चीनले कुनै पनि किसिमबाट बाधा गरिरहेको बताएका छन् ।
उनले भने,“चीनले आर्थिक जासुसी गरिरहेको छ । डेटा र पैसा चुसिरहेको छ र अवैध राजनीतिक गतिविधिमा लागिपरेको छ । जसका माध्यमबाट उसले घुस र ब्ल्याकमेलिङको सहयोगबाट अमेरिकी नीतिलाई प्रभावित पार्ने प्रयास गरिरहेको छ ।”
रेले भने,“आज हामी यस्तो स्थितिमा छौ, जहाँ एफबीआईलाई प्रत्येक १० घन्टाको अवधिमा कुनै खुफिया मामिला दर्ता गर्नु परेको छ । हाल देशमा ५,००० मामिला दर्ज भएको छ जसमा लगभग आधा चीनसँग सम्बन्धित छ ।”