एजेन्सी
आइतवार, असार २१, २०७७
1015

नयाँ दिल्ली-जुनमा गलवान घाटीको घटनापछि भारत र चीनबीचको तनाव चुलिदै गएको छ । वार्ताको सिलसिला जारी छ । भारत सरकारले चिनियाँ कम्पनी,मोबाइल एप्स र चीनको आयातको बिरुद्ध कडा फैसला लिएको छ । जिम्मेवार मन्त्रीले राष्ट्रवादको नाराको वकालत गर्दै आएका छन् ।
तीतो सत्य जान्न आवश्यक

यी सबै परिस्थितीकाबीच केही तीतो यथार्थ पनि रहेको छ, जसको बारेमा केही धेरै कुराकानी गरिएको छैन । तर योे सत्य जान्न आवश्यक छ र यो सत्यलाई गम्भीरतापूर्वक लिदै र अल्पकालिन, मध्यम र दीर्घकालिन योजना बनाउनु आवश्यक छ । केबल योजना मात्रै बनाउनु आवश्यक छैन कि यसको दिसामा तीव्र दरमा काम गर्नु आवश्यक छ ।
७१ हजार करोड भारुको पावर इक्विपमेन्ट खरिद गर्छ भारत
उर्जा मन्त्री आरके सिंहले शुक्रबार भारतले चिनियाँ पावरर इक्विपमेन्ट नकिन्ने बताएका छन् । उनले आवश्यकताको सबै बस्तु देशमै बनाउने बताएका छन् । भारतले ७१ हजार करोडको पावर इक्विपमेन्ट खरिद गरेको छ । यसको चीनबाट २१ हजार करोड भारुको आयात गरेको छ । सोलार पावरमा धेरै महत्व राख्ने फोटोभोल्टिकको मामिमा भारत पुरै रुपमा चीनको आयातमा निर्भर् रहदै आएको छ ।
यसको विकल्प छ ?
घरेलू म्यानुफ्याक्चर्स सोलार बिक्री तथा मोड्यूलको जत्तिको माग छ,त्यसको ५० प्रतिशत आपूर्ति मात्रै गर्न सफल भएको छ । यो मामिलामा भारत पुरै किसिमबाट चीनमाथि निर्भर रहदै आएको छ । कुल आयातमा भारत ८० प्रतिशत सोलार ईक्विपमेन्टको खरिद चीनबाट गर्दै आएको छ । प्रत्येक वर्ष भारत नविकरणीय उर्जाको आयतको खर्च २.९ अर्ब डलरको करीब रहेको छ ।
भारतले विश्वमा सर्वाधिक बढी जेनेरिक मेडिसिनको उत्पादन गर्दै आएको छ । समस्या यो छ कि यसको ७० प्रतिशत एपीआईको आयात चीनबाट हुदै आएको छ । बिजनेस स्ट्यान्डर्डका अनुसार पेन्सीलिन अक्सिटेट्रासाईक्लीन यो अत्यन्त आवश्यक एन्टी बायोटिक हो । यो औषधीका लागि चीनले १०० प्रतिशत सम्म एपीआईको आपूर्ति गर्दै आएको छ ।
एपीआईको मूल्यमा लगातार वृद्धि
यदी भारतले चीनसँग दुश्मनी लियो भने चीनले आफ्नो खेल सुरु गर्न सक्छ । आपूर्तिमा कमीका कारण एपीआईको मूल्यमा लगातार तीव्र दरमा वृद्धि भइरहेको छ । इकोनोमिक टाइम्सको रिपोर्ट अनुसार यही कारण नेशनल फर्मासिउटिकल प्राइसिङ अथोरिटीले औषधी कम्पनीलाई एक पटक मूल्य वृद्धिको मौका दिएको छ ।
इलेक्ट्रोनिक्स
भारतले ४३ प्रतिशत विद्युतीय सामग्रीको आयात चीनबाट गर्दै आएको छ । भारतमा बोइकट चाइना अभियान तीव्र भएपछि चिनियाँ म्यानुृफ्याक्चरिङको उत्पादनमा ३०–४० प्रतिशतको भारी गिरावट आएको छ । यसबाट चिनियाँ कम्पनीद्वारा भविष्यमा गरिने लगानीमा पनि व्यापक असर पर्न सक्छ । भिवो भारतमा ७५०० करोड तथा ३५०० करोडको लगानी गर्ने सुरमा रहेको थियो । यद्यपि यसमा रोक लाग्ने देखिएको छ ।