एजेन्सी
शुक्रवार, असार १९, २०७७
623

वासिङटन-कोरोनाभाइरसको असर कम भएपछि फर्महरुले कर्मचारी लिन थालेसँगै अमेरिकी अर्थतन्त्रले कीर्तिमानी संख्यामा रोजगारी थपेका छन् ।
श्रम विभागले १९३९ मा अभिलेख राख्न सुरु गरेयता ४८ लाख रोजगारी थप भएको छ । कारखाना र रेष्टुँरा पुनः खुलेपछि रोजगारी सिर्जनामा वृद्धि भएको हो ।

मे महिनामा २५ लाख श्रम बजारमा आबद्ध भएपछिको समयमा यो देखिएको हो ।
तर कोभिड–१९ को केश बढ्न थालेपछि वृद्धिले निरन्तरता पाउने विषयप्रतिको चिन्ता बढेको छ ।
गत महिना कतिपय अर्थशास्त्रीहरुको ३० लाख प्रक्षेपणको तुलनामा जुनको वृद्धि उच्च रहेको छ ।