एजेन्सी
बिहिवार, असार १८, २०७७
914

नयाँ दिल्ली-चीनमाथि मोदी सरकारको भर्चुअल आक्रमणले चीनलाई ठूलो आर्थिक नोक्सानी हुने भएको छ । स्वमं चीनले केवल टिकटकमाथि लागेको प्रतिबन्धले यो मुलुकमाथि करोडौ डलरको नोक्सानी भएको छ । यद्यपि भारतले ५९ चिनियाँ एपमाथि लगाएको प्रतिबन्धपछि चीनले भारतलाई गम्भीर परिणमा भोग्नुपर्ने चेतावनी दिएको छ । तर ग्लोबल टाइम्सले ठूलो नोक्सानीको कुरा गरेको छैन ।
चिनियाँ अखरबारले एक ट्वीटमा भनेको छ,“एप प्रतिबन्ध भएपछि टिकटकको संस्थापक कम्पनी बाइट डान्सलाई ६ अर्ब डलरको नोक्सानी हुन सक्छ । यो आंकडा केबल एक एपको हो । ५९ एपमाथिको प्रतिबन्धले यो भन्दा धेरै ठूलो नोक्सानी हुन सक्छ ।
भारत चिनियाँ कम्पनीका लागि ठूलो बजार रहदै आएको छ ।