एजेन्सी
बिहिवार, असार १८, २०७७
756

वासिङटन-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विदेशका राष्ट्राध्यक्षसँगको वार्ताका लागि तयारी गर्ने नगरेको एक रिपोर्टले जनाएको छ । डोनाल्ड ट्रम्प खुफिया एजेन्सीकातर्फबाट तयार गर्ने गरिएको ब्रिफिङ पढ्दैनन् र विदेशी राष्ट्राध्यक्षको यस्ता फोन पनि सु्न्छन् जसको पहिलेदेखि कुनै सुचनानै हुदैन ।
राष्ट्रपतिको यस किसिमको व्यवहारका कारण सु्रक्षा सल्लाहकारहरुलाई अप्ठेरो पर्ने गरेको रिपोर्टमा उल्लेख छ । उनीहरुलाई लाग्ने गरेको छ कि यसो गर्नाले राष्ट्रिय सुरक्षामा खतरा हुन सक्छ । यो रिपोर्ट वाटरगेट काण्डका पत्रकार कार्ल बर्नस्टीनले तयार गरेका हुन् । सुत्रको मद्दतबाट ट्रम्पका विदेशी नेतासँग सैयौ निजी फोन कलको डिटेल्स पत्ता लगाएर सीएनएनका लागि एक रिपोर्ट तयार गरेको छ ।

डोनाल्ड ट्रम्प आफ्नो उपलव्धी र समृद्धिको बखान गरिरहन्छन् र भ्रमित भइरहन्छन् भन्ने विषय यो रिपोर्टमा उल्लेख गरिएको छ । यस कारणले कयौ राष्ट्रिय सुरक्षा खतरामा परिसकेको छ । ट्रम्पले महिला नेताहरुको अपमान गर्ने गरेको रिपोर्टमा उल्लेख गरिएको छ । उनले जर्मन चान्सलर मर्केललाई मुर्ख र उनलाई रुसका अनुयायी भएको बताएका छन् ।
यतीमात्रै होइनकि ट्रम्पले बेक्जिटको विषयमा थेरेसा मेलाई कमजोर भनेका छन् र फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोलाई इरान तथा जलवायु मुद्धाको विषयमा बिचार परिवर्तन नगरेकोमा खेद व्यक्त गरेका छन् । यसका अतिरिक्त डोनाल्ड ट्रम्पले पुटिन र टर्कीका राष्ट्रपति एर्दोगानसँगको कुराकानीमा जर्ज बुस र बाराक ओबामाको नराम्रो र अपमानजनक कुरा पनि गरेका छन् ।