एजेन्सी
सोमवार, चैत्र २४, २०७६
2155

वासिङटन-अमेरिकामा कोरोना भाइरसको संक्रमणको पहिलो घटना देखिएको २ महिना बितिसक्यो । त्यतीबेलादेखि भाइरसको संक्रमण पुरै अमेरिकामा फैलिसक्यो । हाल पौने ३ लाख अमेरिकीमा यसको संक्रमण फेला परिसक्यो । नयाँ कोरोना भाइरसबाट ७ हजार भन्दा बढी अमेरिकीको मृत्यु भइसकेको छ ।
अमेरिका विश्वव्यापी महामारीको केन्द्र भइसकेको भन्नु गलत नहोला । संक्रमित मानिसको संख्या चीनको भन्दा ४ गुणा बढी भइसक्यो ।

कोरोनाभाइरसको प्रकोप चीनबाट सुरु भएको थियो । अब अमेरिका कोरोनाभाइरसको संक्रमणको मामिलामा सबैभन्दा नराम्ररी प्रभावित इटाली र स्पेन भन्दा पनि धेरै अगाडि बढिसकेको छ ।
यद्यपि अमेरिकी स्वास्थ्य अधिकारी आफ्नो देशमा भाइरसको प्रकोप आफ्नो उच्चतम स्तरभन्दा कयौ हप्ता वा कयौ महिना पर रहेको बताउदै आएका छन् । तर यो महामारीले अमेरिकी स्वास्थ्य व्यवस्थाको कमजोरी उजागर गरेको छ । यो संकटसँग जुझ्नका लागि अमेरिकाले जुन तरिका अपनाएको छ, त्यसले अमेरिकी सिस्टमको कयौ त्रुटी उजागर गरेको छ । यद्यपि विश्वको एकल सुपरपावरको कयौ राम्रा कुरा पनि देखिएको छ ।
मेडिकल उपकरणको आपूर्तिमा कमी
कोरोनाभाइरसको प्रकोप बढेसँगै देशका प्रत्येक क्षेत्रका डाक्टर र अस्पतालले गुहार माग्न थाले । किनकी उनीहरुसँग मास्क, ग्लोभ, सुरक्षा गर्ने गाउन र भेन्टिलेटरको कमी थियो ।
विशेषगरी यस महामारीबाट सर्वाधिक प्रभावित क्षेत्रमा यी जरुरी स्वास्थ्य उपकरणको ठूलो अनुपातमा गुनासो आयो । यो सँग जुझिरहेका स्वास्थ्यकर्मी जरुरी सामानका लागि चिन्तामा परे । उनीहरुको चिन्ताको प्रमुख कारणमा उनीहरुले संक्रमित मानिसको उपचार गर्न सकुन र आपूm पनि संक्रमित नहुन भन्ने थियो ।
उनीहरुले उपचारका लागि कामचलाउ उपकरणको प्रयोग गर्नु परेको थियो । भेन्टिलेटरको कमी भएको थियो ।
मंगलबार न्यूयोर्क राज्यका गभर्नर एन्ड्रयू कुओमोले कयौ अमेरिकी राज्य, संघीय सरकारसँग मिलेर मेडिकल उपकरणको खरीदका लागि होडनै लगाएको गुनासो पोखेका थिए । यसले अत्यावश्यक सामग्रीको मूल्य चुलिएको थियो ।
अमेरिकाका जर्ज वासिङटन युनिभर्सिटीका स्वास्थ्य नीति एवं प्रबन्धनका प्राध्यापक जेफरी लेभि भन्छन्,‘यस्तो अवस्था आउनु हुदैनथ्यो । अमेरिकरी सरकार अत्यावरश्यक सामग्रीको आपूर्ति सुनिश्चि गर्न असफल रह्यो ।’
उनी भन्छन,‘हामीसँग यो महामारीसँग जुझन सामग्री बनाउनका लागि पर्याप्त समय थियो । हामीसँग उत्पादन क्षमता पनि छ । हामी मानिसको निजी सुरक्षाका लागि उपकरण समयमै तयार गर्न सक्थ्यौ । यो सरकारले आफ्नो क्षमताको पुरा उपयोग गरेन । हाम्रो सरकार यसो गर्न पूर्ण रुपमा असफल रह्यो ।’
शंकास्पद मानिसको परीक्षणमा ढिलाई
प्रोफेसर लेभी भन्छन्,‘कोरोनाभाइरसको भयंकर प्रकोप रोक्नका लागि सुरुमा धेरै भन्दा धेरै मानिसको परीक्षण गर्नु सर्वाधिक प्रभावकारी तरिका हो । यही काम दक्षिण कोरिया र सिंगापुरले गरे । तर अमेरिकी सरकार यसो गर्न असफल रह्यो । यो अमेरिकी प्रशासनको सबैभन्दा ठूलो गल्ती हो ।’
‘कुनै पनि महामारीसँग जुझनका लागि एक मात्र सही तरिका छ, त्यो हो अवस्थासँग सजग हुनु । यो थाहा पाउनु आवश्यक छ कि के भइरहेको छ र कहाँ भइरहेको छ ।’ यो जानकारीको अभावमा स्वास्थ्य अधिकारीको अवस्था भनेको हावामा तीर चलाउनु जत्तिकै हो । उनीहरुलाई थाहाँ हुदैन कि संक्रमणको अर्को क्षेत्र कुन हुनेछ । ठूलो संख्यामा मासिनको परीक्षण गरिनाले संक्रमित बिरामीको पहिचान हुन्छ । उनीहरुलाई अन्य मानिससँग परै राख्न सकिन्छ ।
अमेरिकामा फेब्रुअरी महिनामा पहिलो परीक्षण गरिएको थियो । उनीहरुलाई अमेरिकाको केही ल्याबमा पठाइएको थियो । अमेरिकी प्रशानको लापरवाही यसमा पनि उजागर भएको थियो । किनकी परीक्षणको उनीहरुको तरिकामा पनि त्रुटी पाइएको थियो ।
मार्चको अन्त्यसम्ममा अमेरिकी सरकारले महिनाको अन्त्य सम्ममा उसले ५० लाख कोरोना भाइरसको परीक्षणको लक्ष्य हासिल गर्ने दावी गरेको थियो । तर यससँग सम्बन्धित तथ्यांकको स्वतन्त्र विश्लेषण गर्ने हो भने यसबाट ३० मार्च सम्म अमेरिकाले केबल १० लाख मानिसमा मात्रै कोरोना भाइरस पत्ता लगाउने परीक्षण गरेको थियो । ३३ करोड आवादी भएको अमेरिकाका लिगि यो अत्यन्त कम हो ।