एजेन्सी
आइतवार, फाल्गुन ११, २०७६
1212

नयाँ दिल्ली-अमेरिकी राष्ट्रपति अर्थात् विश्वकै शक्तिशाली व्यक्ति । उनको प्रत्येक सेकेन्ड र प्रत्येक कदममा विश्वको आँखा रहेको हुन्छ । यसपटकको भारत भ्रमणमा पनि विश्वको आँखा ट्रम्पतर्फ सोझिएको छ ।
यसको कारण उनी वासिङ्टनबाट १२ हजार किलोमिटरको दूरीमा रहेको भारतमा बस्ने ३६ घण्टाको हो । यो भ्रमणको तयारी पनि सोही किसिमको छ ।

ट्रम्प, पत्नी मेलानिया, छोरी इभांका र ज्वाइँ जेरेड कुशनरलाई प्रत्येक समय ५ टियर सुरक्षा घेरामा राखिनेछ । उनलाई मोटेरा स्टेडियमबाट एयरपोर्ट र आगरा विमानस्थलबाट ताजमहलसम्म जानका लागि विशेष हेलिकप्टर मरिन वन तथा विश्वकै उच्चतम सुरक्षा प्राप्त रहेको क्याडेलिक (बिस्ट) गाडीको प्रयोग गरिने भएको छ ।
अमेरिकाको प्रथम परिवारको सुरक्षाको पूरा जिम्मेवारी अमेरिकी सेक्रेट सर्भिसमा रहनेछ र उनीहरूसम्मको पहुँच केवल भारतीय सम्पर्क अधिकारीको मात्रै हुनेछ ।
दोस्रो चक्रमा एनएसजी, चेतक कमाण्डो, अर्धसैनिक बल तथा अन्त्यमा बाहिरी सुरक्षा रेखदेखको जिम्मेवारी गुजरात, उत्तर प्रदेश तथा दिल्ली प्रहरीको २५ हजार जवानको हुनेछ ।
ट्रम्पको प्रत्येक घण्टाको सुरक्षा करिब २ करोड १० लाख रुपैयाँ र ३६ घण्टाको सुरक्षामा १ अर्ब ६० करोड रुपैयाँ खर्च हुनेछ ।
उनी अमेरिकी सेनाको सर्वोच्च कमान्डर पनि भएकाले सेनाका अधिकारी हरपल परमाणु बटनले सुसज्जित एक ब्रिफकेसका साथ उनलाई रेखदेख गरिरहेका हुनेछन् । ब्रिफकेसमा गोल्ड कार्ड रहनेछ ।
यसको प्रयोग गरेर राष्ट्रपति एकआपसमा कुनै पनि समय परमाणु हतियार लन्च गर्न सक्छन् । गोल्ड कार्डलाई अपारदर्शी प्लास्टिक कभरमा राखिन्छ । यसलाई हटाएपछि यसको प्रयोग सम्भव हुन्छ ।
ट्रम्प परिवार मंगलबार राति राष्ट्रपति कोभिन्दसँग रात्रिभोजमा संलग्न भएपछि फर्कने कार्यक्रम छ ।