कारोबार संवाददाता
सोमवार, मंसिर ३०, २०७६
459

नेपालको वित्तीय क्षेत्रमा जालासाजी र आर्थिक अपचलनका घटनाहरु बढ्दै जानु दुखद भएको सरोकारवालाहरुले औंल्याएका छन् ।
स्वावलम्भ विकास केन्द्रले आइतबार काठमाडौंमा गरेको कार्यक्रमका वक्ताहरुले आर्थिक अनुशासन कायम नहुँदा वित्तीय क्षेत्रमा जालासाजी र आर्थिक अपचलनका घटनाहरु बढ्दै जानु दुखद भएको औंल्याएका छन् । केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले अनुगमन प्रणाली कमजोर हुँदा वित्तीय संस्थाहरु आर्थिक अपचलनका घटनामा मुछिने गरेको बताए । उनले कमजोर अनुगमन प्रणालीका साथै संस्थाले विस्वास गरेका व्यक्ति नै प्रलोभनमा पर्नु मुख्य कारण रहेको धारणा राखे ।

अनुगमन र सुपरीवेक्षण चुस्त, दुरुस्त र अद्यावधिक भएमा कर्मचारीले जालसाजी गर्ने संभावना कम हुने सरोकारवालाहरुले औं ल्याएका छन् । यसैगरी कर्मचारीको आनिवानी वा चालचलनमा भएको परिवर्तनले पनि शंका गर्ने ठाउँ रहने छलफलका सहभागीहरुले धारणा राखे ।
उनीहरुले संस्थाले नियमावली बनाएर आफैं अनुगमन गर्न सक्ने अधिकार रहेकोसमेत धारणा राखे । उनीहरुले आन्तरिक नियन्णलाई प्रभावकारी बनाउन सके यस्ता जघन्य अपराधका घटना न्यूनिकरण हुने बताएका छन् ।