एजेन्सी
मंगलबार, मंसिर ३, २०७६
644

वासिङटन-अमेरिकामा पढाइ गर्दैै आएका भारतीयको संख्यामा वृद्धि भएको छ । २०१८–१९ मा भारतबाट २ लाख भन्दा बढी विद्यार्थी पढ्नका लागि अमेरिका गएका छन् । गत वर्षको तुलनामा यो संख्या २.९ प्रतिशतले बढी हो । अमेरिकामा पढ्ने विदेशी व्रिद्यार्थीको संख्या १८ प्रतिशत रहेको छ । अमेरिकामा पढ्ने विदेशी विद्यार्थीको मामिलामा भारत चीनपछि दोस्रो स्थानमा रहेको छ । अमेरिकामा चिनियाँ विद्यार्थीको संख्या साढे तीन लाख भन्दा पनि बढी रहेको छ । हालै सार्वजनिक गरिएको एक रिपोर्टले यो खुलासा गरेको हो । ‘२०१९ ओपन डोर रिपोर्ट अन इन्टरनेशनल एजुकेशन एक्सचेन्व’ नामक रिपोर्टका अनुसार उक्त शैक्षिक सत्रमा अमेरिकामा विदेशी विद्यार्थीको संख्या सबैभन्दा बढी रहेको देखिएको छ । विदेशी विद्यार्थी १० लाख भन्दा बढीको संख्यामा शिक्षा लिनका लागि अमेरिका पुगेको यो लगातार चौथो वर्ष हो । उक्त वर्षमा विदेशीबाट अमेरिकी अर्थतन्त्रमा ४४.७ अर्ब डलरको फाइदा भएको छ ।
गत वर्षको तुलनामा यो रकम ५.५ प्रतिशत बढी हो । रिपोर्टका अनुसार अमेरिकामा चिनियाँ विद्यार्थीको संख्या ३ लाख ६९ हजार ५४८ रहेको छ । जबकी भारतीय विद्यार्थीको संख्या २ लाख २ हजार रहेको छ । अमेरिकामा कुल १० लाख ९५ हजार २९९ विदेशी विद्यार्थी पढिरहेका छन् । यसमा चीन र भारतको विद्यार्थीको संख्या मात्रै ५० प्रतिशत भन्दा बढी रहेको छ । शिषा तथा संस्कृती मामिला सहायक विदेश मन्त्री म्यारी रायसीका अनुसार अमेरिकामा विदेशी विद्यार्थी तथा विदेशमा अमेरिकी विद्यार्थीको संख्यामा भएको वृद्धिले अमेरिका खुसी रहेको छ । विदेशी विद्यार्थीको मामिलामा चीन र भारतपछि शीर्ष पाँच देशमा दक्षिण कोरिया (५२.२५ हजार), साउदी अरब (३७ हवजार) तथा क्यानडाको (२६ हजार) रहेको छ । जबकी बंगलादेशी विद्यार्थीको संख्या १० प्रतिशत भन्दा बढी, ब्राजिलको ९.८ प्रतिशत, जाइजेरियाकोृ ५.८ प्रतिशत र पाकिस्तानीको संख्या ५.६ प्रतिशतले वृद्धि भएको छ । रिपोर्टका अनुसार २०१७–१८ मा ३.४१ लाख भन्दा बढी अमेरिकी विद्यार्थी पढ्नका लागि विदेश गएका थिए । यसमा युरोपमा शिक्षा ग्रहण गर्नका लागि जाने विद्यार्थीको संख्या ५४.९ प्रतिशत रहेको छ ।