एजेन्सी
आइतवार, कार्तिक २४, २०७६
909

लन्डन-दैनिक केही समय पैदल हिँड्नाले तपाईंको स्वास्थ्य मात्र होइन, अर्थव्यवस्थामा पनि सुधार हुन्छ । १ लाखभन्दा बढी मानिसमा गरिएको अध्ययअनुसार यदि व्यायामको विषयलाई लिएर मानिसले विश्व स्वास्थ्य संगठनको निर्देशनको पालना गर्दा विश्व अर्थव्यवस्थालाई बर्सेनि १ खर्ब डलरको फाइदा हुनेछ ।
स्वास्थ्य बिमा समूह भाइटेलिटी तथा थिकं ट्यांक रेन्ड युरोपले मानिसको गतिविधिबाट अर्थव्यवस्थामा पर्ने असरका बारेमा अध्ययन गरेका थिए ।

यदि कम्पनीहरूले आफ्ना कर्मचारीलाई व्यायाममा डब्लूएचओको निर्देशन पालना गराउन राजी भएमा अर्थव्यवस्थामा यो फाइदा पुग्न सक्छ । यसका लागि दैनिक १५ मिनेट अतिरिक्त हिँडाइ वा लगातार १ किलोमिटरसम्म जगिङ गर्नु पर्याप्त हुनेछ ।
“तपार्इंको शारीरिक निष्क्रियता तथा उत्पादकत्वमा कमीका बीच गहिरो सम्बन्ध हुन्छ,” रेन्ड युरोपका अध्यक्ष ह्यास पंगले बताए । नीति निर्माता तथा कम्पनीले आफ्ना मानिसको उत्पादकत्व बढाउनका लागि यो दिशामा विचार गर्नु  आवश्यक भएको उनको धारणा थियो ।
सबै वष्यष्कले सातामा कम्तीमा पनि १ सय ५० मिनेटको हलुका व्यायाम वा ७५ मिनेटको तेज व्यायाम गर्न आवश्यक भएको डब्लूएचओको दिशानिर्देश छ । गत वर्षको एक अध्ययनअनुसार अमेरिकामा ४०, बेलायतमा ३६ र चीनमा १४ प्रतिशत वयष्कले स्वस्थ हुनका लागि बहुत कम वा व्यायाम नै गर्दैनन् ।
अध्ययनमा ७ देशका १ लाख २० हजार मानिसबाट प्राप्त भएको आँकडाका आधारमा बनाइएको मोडलको विश्लेषण गरिएको थियो । यसका आधारमा २३ देश तथा विश्वव्यापी स्तरमा मानिसको शारीरिक सक्रियताबाट हुने आर्थिक फाइदाको अनुमान लगाइएको थियो । यदि १८ देखि ६४ वर्षसम्मका वयष्कले दैनिक १५ मिनेटभन्दा बढी हिँडेमा विश्वको अर्थव्यवस्थामा बर्सेनि १ खर्ब डलरको फाइदा हुने अध्ययनमा पाइएको छ ।
शारीरिक रूपमा निष्क्रिय बस्ने ४० वर्षीय व्यक्तिले दैनिक २० मिनेट जगिङ गरेर आफ्ने उमेरलाई औसतमा ३.२ वर्षसम्म बढाउन सक्छ ।