एजेन्सी
बुधवार, कार्तिक २०, २०७६
978

बेइजिङ-बिर्सने रोग अल्जाइमरसँग जुभ्mनका लागि चीनले एक औषधीलाई स्वीकृति दिएको छ । यो औषधी सांघाईको कम्पनीले बनाएको हो । यो औषधीलाई आगामी महिनादेखि बिरामीको लागि सुरु गरिने भएको छ । विगत १७ वर्षको अवधिमा यो क्षेत्रमा ठूलो अनुसन्धान भएको हो ।
चीनको नेशनल मेडिकल प्रोडक्ट एडमिनिस्ट्रेसनले आफ्नो बयानमा यो ओलिगोमेनट औषधीलाई बजारमा लैजानका लागि अनुमति दिएको छ । परिक्षणको समयमा यो औषधील सुरुवाती ४ सातामै बिरामीमा असर देखाउन सुरु गरेको थियो । करिब २ दसकपछि यो औषधी बनाइएको हो ।

स्थानीय एजेन्सीका अनुसार डिसेम्बरदेखि यो औषधी जबारमा ल्याइने छ । अचम्मको कुरो यो छ कि यो औषधी भन्दा पूर्व अल्जाइमरसँग जुभ्mनका लागि अन्य औषधी थिएन ।
तर चीनले यस किसिमको औषधी बनाउने विषयम सफलता प्राप्त गरेको थियो ।
सुरुमा यो औषधी स्थानीय स्तरमा मात्रै बिक्री गरिनेछ भने पछि अमेरिका, एसिया तथा युरोपका देशमा पनि उपलव्ध हुने बताइएको छ ।
ग्रीन भ्याली चीनको ठूलो अनुसन्धान कम्पनी मध्ये एक हो । जसले चिकित्सा विज्ञानमा काम गर्दै आएको छ । विगतका कैयौ वर्षहरुमा चीनले चिकित्सा विज्ञानमा ठूलो लगानी गरेर देशमा कुनै नयाँ औषधीको उत्पादन गर्ने प्रयास गरिरहेको थियो ।
चीनमा अल्जाइमरबाट पीडिन मानिसको संख्या १ करोड छ ।
यो विश्वका अन्य कुनै पनि मुलुकको तुलनामा बढी हो । विश्वभरी यो संख्या ५ करोड भन्दा बढी रहेको छ । यो औषधीवाला कम्पनीले परिक्षणको समयमा ८१८ बिरामीमा यो औषधीको जाँच गरेको थियो ।