एजेन्सी
बुधवार, कार्तिक २०, २०७६
2344

नयाँ दिल्ली-महाराष्ट्रको नभी मुम्बईमा प्रहरीले एक व्यक्तिको साथबाट अचम्मको सर्प जफत गरेको छ । यो सर्पको मूल्य ८० लाख रुपैयाँ रहेको छ । यो मामिलामा एक व्यक्तिलाई गिरफ्तार  पनि गरिएको छ । रेड स्यान्ड बोआ नामको यो सर्पको अन्तर्राष्ट्रिय बजारमा व्यापक माग रहेको छ ।
रेड स्यान्ड बोआ सर्प एक संरक्षित प्रजाती हो । यसको खरिद–बिक्रीमाथि प्रतिबन्ध लाग्दै आएको छ । तर यसका बावजुद अन्तर्राष्ट्रिय बजारमा लुकिछिपि यसको व्यापार हुदै आएको छ । प्रहरी सहायक निरिक्षक नीलेश राणेका अनुसार मुम्बइको पनभेल इलाकाबा यो बरामद गरिएको हो । २० वर्षीय जाधव नामका व्यक्तिले यो सर्पको बिक्री प्रयास गरेका थिए ।

यो सर्पको बिष हुदैन र यसको आकार पनि अन्य सर्पको तुलनामा केही फरक हुने गर्छ । यसको टाउको र पच्छर दुवै गोलाकार हुने गर्छ । यो देख्दा दुवैपट्टि मुख भएको जस्तो लाग्छ । यो सर्प मोटो हुने गर्छ र यसैले गर्दा विस्तारै हिड्ने र रातमा मात्रै बाहिर निक्लन्छ ।
यो सर्पले आफ्नै दुलो बनाउदैन । मुसाको दुलोमा पसेर यसलाईनै आप्mनो घर बनाउछ । रेड स्यान्ड बोआ साना–साना जीवलाई र अन्य सर्पलाई पनि खाने गर्छ ।
यो सर्पले एक पटकमा ६ बच्चालाई जन्म दिने गर्छ । यो प्रजातीको सर्पको प्रयोग औषधी तथा सौन्दर्य प्रसाधन बनाउनका लागि प्रयोग गरिदै आएको छ । यसै कारणले अन्तर्राष्ट्रिय बजारम यसको भारी माग रहदै आएको छ । भारतमा यो सर्पलाई जादु–टुनामा पनि प्रयोग गरिन्छ ।